काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीकाे १५ औं वार्षिक साधारणसभाले कम्पनीले १ः१.५ को अनुपात हकप्रद सेयर पारित गरेकाे छ । हकप्रद सेयरबाट उठेको पुँजीले गणेश हिमाल हाइड्रो पावरले निर्माण गर्न लागेको २० मेगावाटको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नेछ । सो आयोजनामा कम्पनीले ६० प्रतिशत लगानी गर्ने र बाँकी रकमबाट बैंक तथा वित्तीय संस्थाको ऋण भुक्तानी गर्ने कम्पनीले जनएको छ ।
कम्पनीका तर्फबाट अध्यक्ष राम श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।