विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । अछाम र सुर्खेतको सिमानामा ४०० केभी क्षमताको ५ किलोमिटर प्रसारण लाइन निर्माण हुने भएको छ । अछामको ढकारी गाँउपालिका–६ मा प्रस्तावित बेतन कर्णाली आंशिक जलाश आयोजनाको स्वीचयार्डदेखि सुर्खेतको चौकुने गाउँपालिका–४ मा राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले निर्माणका लागि प्रस्ताव गरेको बाघमारा सबस्टेसनसम्म उक्त प्रसारण लाइन निर्माण हुने भएको हो । 

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको उक्त आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणाली लैजन उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । प्रसारण लाइनाबाट ४३९ मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने बताइएको छ ।  

यसका लागि प्रवर्द्धक कम्पनीले विद्युत् विकास विभागसँग अनुमति माग्दै आवेदन दिएको छ । विभागका अनुसार आयोजनाअन्तर्गत औषत २४१ मिटर दूरीमा पर्ने गरी ५० मिटर अग्ला ११ वटा टावरहरू निर्माण गरिने छ । टावर निर्माणका लागि १.१ हेक्टर र विद्युत् मार्गको क्षेत्राधिकार (राइट अफ वे) का लागि कुल २५.४३ हेक्टर गरी कुल २६.५३ हेक्टर जग्गा आयोजनाका लागि आवश्यक पर्ने कम्पनीले जनाएको छ । 

निर्माण सुरु गरेको २४ महिनाभित्र सम्पन्न गर्ने गरी अघि बढाउन लागिएको आयोजनाले कुनै उल्लेखनीय वातावरणीय असर गर्ने भए ३५ दिनभित्र लिखित राय तथा सुझाव पेश गर्ने विद्युत् विकास विभागले सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३