विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ५, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोनो (कोभिड–१९) महामारीको दोस्रो लहरको प्रभावले ७३ मेगावाटको मध्यतमोर जलविदुत आयोजनाको निर्माण सुस्त बनेको छ । ठूलो संख्यामा कामदार कोरोना संक्रमित भएपछि आयोजनाको निर्माणले गति लिन नसकेको हो ।

दोस्रो लहरमा चिनियाँ र नेपाली गरी १०८ जना कामदार कोरोनोबाट संक्रमित भएपछि ३ सातासम्म काम रोक्नु परेको आयोजनाका संयोजक मणिराज पोखरेलले बताए । ‘पहिलो लहरमा कोरोनोको प्रभाव हाम्रो आयोजनामा खासै परेको थिएन,’ उनले ऊर्जा खबरसँग भने, ‘यस पटक कामदार नै संक्रमित भएकाले लक्ष्यअनुसार काम अघि बढाउन सकिएन ।’

उनले कामदार तथा कर्मचारी संक्रमित हुने दर कम हुँदै गएपछि एक साता अघिबाट आयोजनाको काम सुरु गरिएको बताए । संक्रमण नभएकाहरू पनि संक्रमण हुने दर बढेपछि धेरै नेपाली कामदारलाई घर पठाउनु परेकाले लामो समय कामलाई गति दिन नसकेको पनि उनले बताए ।

अहिले घर गएका कामदार आयोजना स्थलमा फर्किरहेकाले अब निर्माणलाई गति दिने उनले बताए । आयोजनाको करिब ४९ प्रतिशत निर्माण सकिएको छ । फर्किएका कामदारलाई कोरोना परीक्षण गरी नेगेटिभ रिपोर्ट आएको अवस्थामा मात्रै काममा खटाइएको पोखरेलले जानकारी दिए । संक्रमितहरूका लागि आयोजना स्थलमै आइसोलेशन वार्ड राखिएको छ ।

उनले आयोजनाको निर्माण प्रभावित हुँदा विद्युत उत्पादन तालिका पनि धकेलिने सम्भावना बढेको बताए । आयोजनाबाट २०७९ साल पुसभित्र विद्युत उत्पादन गर्ने तालिका छ । अहिलेसम्म करिब आधा काम मात्रै सकिएकाले यो तालिका प्रभावित हुने देखिएको छ ।

‘कोरोनाको पहिलो लहरमा नै प्रभावित आयोजनाको तालिका थप गर्ने निर्णय भइसकेको छ । यो वर्ष भएको ढिलाइका लागि केही निर्णय भएको छैन । पोहोरका लागि दिएको थप समयभित्र आयोजना सम्पन्न गर्ने गरी कामलाई गति दिने हाम्रो प्रयास हुनेछ’ उनले भने । 

आयोजनाको ३.४ किलोमिटर लामो मुख्य सुरुङ करिब ६० प्रतिशत पूरा भएको छ । बाँध क्षेत्रका संरचनाको काम ४० प्रतिशत हाराहारीमा सकिएको छ । विद्युतगृहमा पनि २० प्रतिशत हाराहारीमा निर्माण सकिएको पोखरेलले जानकारी दिए ।

सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडल तमोर हाइड्रो पावर कम्पनीले यो आयोजना निर्माण गरिरहेको छ । आयोजना सम्पन्न गर्न करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । सुरुमा १२ अर्ब ७० करोड रुपैयाँ लागत अनुमान गरिएको भए पनि कोरोना ९कोभिड–१९० महामारीका कारण आयोजनाको लागत केही बढेर १३ अर्ब पुग्ने देखिएको हो ।

आयोजनामा नेपाल इनभेष्टमेन्ट, कृषि विकास, लक्ष्मी, सिदार्थलगायत ८ बैंकले ९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन् । आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म आवश्यक ९ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गर्नेछ । सानिमा समूहले मध्यतमोरसँगै अहिले २८.१ मेगावाटको तल्लो लिखु र १४.३ मेगावाटको माथिल्लो मैलुङ आयोजना पनि निर्माण गरिरहेको छ । यसअघि निर्माण सम्पन्न भएका २.६ मेगावाटको सुनकोसी साना, २२ मेगावाटको सानिमा माई र ७ मेगावाटको माई क्यासकेड आयोजना सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit