विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले ३५ लाख रुपैयाँ विद्युत बक्यौता उठाएको छ । वितरण केन्द्रले लामो समयसम्म विद्युत महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटी बाँकी बक्यौता उठाएको हो ।

गत आर्थिक वर्ष (आव२०७७/७८) को अवधिमा ४ सय ६४ ग्राहकको लाइन काटी विद्युत बक्यौता असुल गरेको वितरण केन्द्र प्रमुख शिवनायारण गोशलीले बताए । उनका अनुसार पटक–पटक ताकेता गर्दा पनि महसुल नतिर्ने ग्राहकलाई लाइन काटेर कारबाही गरी बक्यौता उठाइएको हो ।

‘बाँकी बक्यौता संकलनको काम पनि तीव्र गतिमा अघि बढेको थियो । कोभिड–१९ महामारीका कारण लगाइएको निषेधाज्ञाको प्रभाव पर्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘निशेधाज्ञा खुकुलो भएपछि फेरि बक्यौता उठाउने कार्यलाई तीव्रता दिएका छौं ।’ वितरण केन्द्र अन्तर्गत अझै १६ हजार ग्राहकले १ करोड ४२ लाख रुपैयाँ विद्युत महशुल असुली गर्न बाँकी रहेको गोशलीले बताए । 

विद्युत बक्यौता तिर्न अटेरी गर्ने ३ सय ९९ औद्योगिक ग्राहक छन् । बाँकी १५ हजार ६ सय १ घरेलु ग्राहकले विद्युत महसुल नियमितरूपमा तिरेका छैनन् ।

‘महसुल तिर्न अटेरी गर्ने ग्राहकलाई सूचना पठाइसकेका छौं । सूचना पाएपछि पनि महसुल नबुझाए लाइन काटेर जरिवाना सहित असुल्ने तयारी गरिरहेका छौं’ गोशलीले भने ।

पहिलो चरणमा धेरै समय र बढी बक्यौता भएका ग्राहकको लाइन काटेर असुली गर्ने योजना रहेको उनले जानकारी दिए । वितरण केन्द्र अन्तर्गत प्राधिकरणको विद्युत सेवा लिने ३० हजार ८३ ग्राहक छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit