विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाल्पा जिल्लाको निस्दी गाउँपालिका– ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत सेवा पुगेको छ । लालीगुराँस सामुदायिक विद्युत सहकारी संस्थाले गाउँमा विद्युतीकरण गरेको हो ।

विद्युत सेवा विस्तार गर्दा गाउँका करिब ८० घरधुरी लाभान्वित भएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताए । उनका अनुसार सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समयपछि विद्युत पुगेको हो ।

साविक ज्यामिरे गाउँ विकास समिती–१ को चारघरे र ज्यामिरे क्षेत्र विद्युत सेवा उपभोग गर्ने पहिलो गाउँ बनेको पनि सारुले बताए । बाँकी अन्य गाउँमा पनि छिट्टै सेवा विस्तार गरिनेछ ।

लामो समयदेखि विद्युत् सेवाको पर्खाइमा रहेका निस्दीको ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीयवासी खुसी भएका छन् । विद्युत सेवा विस्तार भएपछि खाना पकाउन, टिभी हेर्न, लेखपढ गर्न, मिल सञ्चालन गर्न सजिलो भएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit