विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतीय कम्पनी टी–पावर ट्रान्सफर्मर एण्ड स्वीचगेयर प्रालिले नेपालमै कम्पनी स्थापना गरी ट्रान्सफर्मर उत्पादन तथा बिक्री–वितरण गर्ने तयारी गरिरहेको छ । हाल डिलरमार्फत ट्रान्सफर्मर बिक्री–वितरण गरिरहेको कम्पनीले ६ महिनाभित्र कम्पनी स्थापना गरी प्लान्ट लगाएर नेपालमै  उत्पादन गर्ने तयारी गरिरहेको हो ।

कम्पनीले सन् २०१३ देखि भारतलगायतका ६ भन्दा बढी देशमा ट्रान्सफर्मर बिक्री गर्दै आएको कम्पनीका सिनियर सेल्स म्यानेजर अविनाश सक्सेनाले बताए । अहिले बंगलादेश, युगाण्डा, अष्ट्रिया, दक्षिण अफ्रिका लगायतका देशमा बिक्री गरिरहेको छ ।

कम्पनीले १६ केभीदेखि १० एमभीए क्षमतासम्मका पावर वितरण ट्रान्सफर्मर, ड्राइ टाइप ट्रान्सफर्मर, ओइल कुल्ड ट्रान्सफर्मर, कास्ट सेजिन ड्राइ ट्रान्सफर्मरको उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले हालसम्म ३५ हजारभन्दा बढी ट्रान्सफर्मर उत्पादन गरी आपूर्ति गरिसकेको छ ।

कम्पनीले हाल नेपालमा ५०० केभीए, ६३० केभीए र १.२५ एमभीएको ट्रान्सफर्मर वितरण गरिरहेको पनि सक्सेनाले बताए ।

यो कम्पनीले भदौ १५ गतेदेखि १७ गतेसम्म भृकुटीमण्डपमा भएको नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागि जनाएको थियो । तीन दिनसम्म चलेको प्रदर्शनीमा अवलाेकनकर्ताले ट्रान्सफर्मरतर्फ चासो देखाएको पनि उनले बताए । अवलाेकनकर्ताले ट्रान्सफर्मरबारे बुझेर सकारात्मक प्रतिक्रिया दिएकाे उनले बताए । 

नेपालमा ट्रान्सफर्मरको बजार बढ्दै गएकाे भन्दै उनले जतिसक्दो छिटो उत्पादन प्लान्ट स्थापना गरी सहज रूपमा नेपाली बजारमा आपूर्ति गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit