काठमाडौं । नेपाल विद्युत प्राधिकरण उर्लाबारी वितरण केन्द्रको विद्युत महसुल संकलन काउन्टर १ साताका लागि बन्द भएको छ । केन्द्रले हिजो (बुधबार) बिहानदेखि महसुल संकलन काउन्टर बन्द गरेको हो ।
विश्वभरी महामारीरूपमा फैलिएको नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण तीव्र गतिमा फैलिएकाले जोखिम न्यूनिकरणका लागि आगामी जेठ १८ गतेसम्म काउन्टर बन्द गरिएको केन्द्रले जनाएको छ । यो अवधिमा यस क्षेत्रका सिभिल बैंकलगायतका सम्पूर्ण बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछ ।
वितरण केन्द्रले घरायसी ग्राहकको घर–घरमा गएर मिटर रिडिङ गर्ने कार्य समेत बन्द गरेको छ । यो अवधिमा अनलाईन भुक्तानी सेवा भने सुचारू नै रहनेछ ।