विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुपद्वारा सञ्चालित चौधरी फाउन्डेशनले जाजरकोट र रुकुम पश्चिमका घरवारविहीन भूकम्प पीडितका लागि तत्काल ५० वटा ‘ट्रान्जिसन होम’ निर्माण गरिदिने घोषणा गरेको छ । भूकम्पले घर भत्किएर त्रिपालमुनि बस्न बाध्य भएका स्थानीयको जनजीवन कष्टकर हुने भन्दै फाउन्डेशनले तत्काल ५० परिवारका लागि संक्रमणकालिन घरहरु निर्माण गरिदिने घोषणा गरेको हो । घर निर्माणका लागि आवश्यक जमिन, स्थानीय सामग्री र श्रमको व्यवस्थापन स्थानीय निकायले गर्नुपर्ने र त्यसमा लागि वित्तीय सहयोग चौधरी फाउन्डेशनले उपलब्ध गराउने भएको छ ।  

यसका लािग फाउण्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौरजहारी नगरपालिकाबाट गर्ने सहमति भएको जनाएको छ । चौधरी फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीवीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्न २१ कात्तिकमा सहमति समेत भइसकेको फाउन्डेशनले जनाएको छ । 

सहमतिबारे चौधरी फाउण्डेसनका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले भने, ‘भूकम्पका कारण जाजरकोट, पश्चिम रूकुम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उहाँहरूको पीडामा मल्हम लगाउने काममा हामीले कत्ति पनि विलम्ब गर्नु हँुदैन । यही मर्मलाई आत्मसाथ गर्दै चौधरी फाउण्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहीन बन्नुभएका महानुभावका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तिब्रता दिने निर्णय लिएको छ । यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम शुरू गरिसकेको छ ।’ मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न पनि अध्यक्ष चौधरीले आह्वान गरेका छन् ।  

उक्त सहमतिपछि मेयर वादीले भनिन्, ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पुर्‍याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन चौधरी फाउण्डेसन आफै हाम्रो आँगनमा आइपुगेको छ । हामीवीच ‘ट्रान्जिसनल होम’ बनाउने सहमति भएको छ । र, छिटोभन्दाछिटो काम शुरू गर्न हामी प्रतिवद्ध छौँ ।’ 

यसअघि २०७२ को भूकम्पका पीडित ३ हजार परिवारका लागि संक्रमणकालिन घर निर्माण गरी हस्तान्तरण गरेको थियो । त्यस्तै फाउन्डेशनले सिन्धुपाल्चोकको गिरानचौरमा ६२ परिवारका लािग पक्की घर समेत निर्माण गरी हस्तान्तरण गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit