विद्युत अपडेट

  • प्राधिकरण : ८८८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४२०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१५८८ मे.वा.घन्टा
  • आयात : १८५ मे.वा.घन्टा
  • निर्यात : १४७८१ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६४८६० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७८७ मे.वा.
२०८२ साउन १३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ऊर्जा र परराष्ट्र मन्त्रीको कुटनीतिक सफलता

काठमाडौँ । भारतले नेपाललाई विद्युत्‌काे भारतीय प्रतिस्पर्धी बजार (इण्डियन इनर्जी एक्सजेञ्ज–आइइएक्स) बाट थप ४ घण्टा विद्युत् दिने सहमति जनाएको छ । उक्त प्रतिस्पर्धी बजारबाट सोलार आवर (बिहान ६ देखि साँझ ६ सम्म) बाहेक थप ४ घण्टा ६०० मेगावाट विद्युत् ल्याउन पाउने गरी भारतले स्वीकृति दिएको हो । उक्त विद्युत् ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ । 

हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा मात्र १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो । विद्युत्को उच्च माग हुने समय साँझ ६ बजेदेखि राती १० बजेसम्म आइइएक्सबाट विद्युत् ल्याउन नपाउँदा नेपालका औद्योगिक क्षेत्रमा १२ घण्टासम्म लोडसेडिङकाे अवस्था रहेको थियो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र परराष्ट्रपमन्त्री आरजु राणाको निरन्तरको कुटनीतिक पलपछि भारतले उसको प्रतिस्पर्धी बजारबाट विद्युत् ल्याउन पाउने गरी स्वीकृति दिएको हो । ‘नेपालमा सुख्खायाममा हुने विद्युत् समस्या समाधानका लागि भारत सरकारसँग थप विद्युत् माग गरेकोमा भारतले सहमति जनाएर विद्युत उपलब्ध गराउनु हामी सबैका लागि खुसीको कुरा हो,’ मन्त्री खड्काले भने, ‘उद्योगसहित आम नागरिकलाई चौबिसै घण्टा विद्युत दिन सरकार प्रतिबद्ध छ, लोडसेडिङ हुँदैन, हल्लाको पछि नलागौँ ।’

नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको थियो तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युत्‌काे अतिरिक्त ६ सय मेगावाट विद्युत् दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३