विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माई खोला हाइड्रो पावर लिमिटेडले पहिलो चरणको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नगारिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजी ३९ करोड २२ लाख ५६ हजार ८ सय मध्येको १० प्रतिशत हुन आउने अर्थात ३ करोड ९२ लाख १५ हजार ७ सय रकम बराबरको सय रुपैयाँ अंकित ३ लाख ९२ हजार १५७ कित्ता सेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशत अर्थात १ करोड ५२ लाख ९४ हजार १ सय रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित १ लाख ५२ हजार १४१ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन गर्न लागेको हो । 

प्रभावित स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले न्यूनतम १० कित्तादेखि अधिकतम  ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । 

स्थानीयले छिटोमा चैत ९ गतेसम्म र ढिलोमा २४ गतेसम्म आवेदन दिन सक्नेछन । यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले चैत ९ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit