विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौं । अप्पर होवा खोला हाइड्रो पावर कम्पनीले आगामी १० गतेदेखि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा सञ्चालित ८.५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँ अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् ।

स्थानीयले छिटोमो जेठ २४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन पाउनेछन् । स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लाथि छुट्याएको साधारण सेयर निष्कासन गरीने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल  लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ । कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले गत २०७८ चैतदेखि व्यापारीक उत्पादन सुरु गरेको हो ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७६ असारदेखि नै विद्युत उत्पादन सुरु गर्नुपर्ने थियो । तर, आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको निर्माण पूरा हुन समय लागेकाले ढिलो गरी काम सुरु गर्दा धकेलिएको कम्पनीले जनाएको छ ।

आयोजनाको विद्युत कोसी कोरिडोरको बानेश्वर सबस्टेसनमा जोडिएको छ । सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३