विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । चिलिमेकाे सहायक कम्पनी मध्यभोटेकोसी जलविद्युत् कम्पनीले निर्माण गरिरहेकाे आयोजनाको काम हालसम्म ९९.९ प्रतिशत सकिएकाे हो ।

प्राधिकरणले समयमै बाह्रबीसे सबस्टेसन हब निर्माण गरिदिए आयोजनाले अबको डेढ महिनाभित्रै विद्युत् प्रसारण गर्न सक्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल शिवाकोटीले बताए । स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माणमा ढिलाई भए पनि छिट्टै समस्या समाधान भई काम सम्पन्न गरिने उनले जानकारी दिए ।  ‘आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फको निर्माण कार्य शतप्रतिशत सम्पन्न भइसकेकाे छ’, उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइन निर्माणको ८० प्रतिशत काम सकिएकाे छ । सबै टावर निर्माण गरिसक्याैँ, अब ४ किलोमिटर मात्र तार तान्न बाँकी छ ।’

उनका अनुसार तार तान्न बाँकी रहेको २ किलोमिटर दूरीमा ‘राइट अफ वे’ का लागि स्थानीयबाट लिनुपर्ने जग्गाकाे मुआब्जामा विवाद रहेका कारण आयोजना निर्माणमा ढिलाई भइरहेकाे हाे । राइट अफ वेका लागि जग्गा लिँदा जग्गाकाे मूल्याङ्कनका आधारमा २० प्रतिशतसम्म रकम जग्गाधनीलाई दिनुपर्ने व्यवस्था छ । तर, तोकिएको मुआब्जा कम भएको भन्दै स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका हुन् । यो हप्ताभित्रै विवाद समाधान गरी आगामी १५ दिनभित्र तार तान्ने काम पनि पूरा गरिनेछ । 

‘हाइड्रो पावर निर्माणको शतप्रतिशत काम सकिएको छ, अब टनेलमा पानी हाल्ने काम मात्रै बाँकी छ,’ शिवाकोटीले भने, ‘त्यस्तै विद्युत् प्राधिकरणले निर्माण गरिरहेको बाह्रबीसे सबस्टेसन हबको काम समयमै सकियो भने राष्ट्रिय ग्रिडमा विद्युत प्रसारण गर्न सकिन्छ ।’  

आयोजनाबाट उत्पादित बिजुली सिन्धुपाल्चोकको बाह्रविसे सबस्टेशनदेखि रामेछापको न्यु–खिम्ती हुँदै ढल्केबर पुर्‍याउने र अर्काे बाह्रविसेदेखि काठमाडौ‌को लप्सीफेदी सबस्टेशन हुँदै राष्ट्रिय प्रसारणमा जोड्ने गरी काम भइरहेको छ । 

आयोजनाको अनुमानित सुरुवाती लागत १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेकोमा हाल आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख पुगेको छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक सेयरधनी मध्ये प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७ प्रतिशत, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १–१ प्रतिशत सेयर छ । 

४९ प्रतिशत साधारण सेयरधनी समूह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत) को सेयर छ । कम्पनीले  साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।

आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ । 

२०७० सालबाट निर्माण सुरु भएको आयोजना २०७३ मा सक्ने लक्ष्य लिइएको थियो तर विविध कारणले आयोजना निर्माणमा ढिलाई भइरहकाे कम्पनीले जानकारी दिएकाे छ ।  २०७२ सालको भुकम्प, नाकाबन्दी, २०७३ सालको जुरे पहिरो तथा पटक–पटक निर्माणस्थलमा आएको बाढी पहिरोका कारण आयोजना प्रभावित हुँदै गएकाे हाे । 

आयोजनाको थप विवरण

आयोजनाको नाम : मध्य भोटेकोशी

क्षमता : १०२ मेगावाट

आयोजनास्थल : सिन्धुपाल्चोक

प्रवर्द्धक : मध्य भोटेकोसी जलविद्युत कम्पनी

सुरुङ : ७.२ किलोमिटर

प्रसारण लाइन : २२० केभी, ४ किलोमिटर

सबस्टेसन : बाह्रबीसे

सिभिल तथा हाइड्रो मेकानिल ठेक्का : क्वाङ्सी कम्पनी, चिनियाँ

इलेक्ट्रो मेकानिकल : एड्रिज हाइड्रो

अनुमानित लागत : सुरुको १२ अर्ब २८ करोड ३३ लाख (ब्याज बाहेक), संशोधन १५ अर्ब ३ करोड २ लाख

ऋण लगानी : ५० प्रतिशत, स्वपुँजी : ५० प्रतिशत

पिपिए : हिउँदमा : प्रतियुनिट ८.४० रुपैयाँ, बर्खामा : ४.८० रुपैयाँ

वार्षिक ऊर्जा : ५४ करोड २२ लाख युनिट

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३