images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको विद्युत् महसुल भुक्तानी गर्न र मिटर जडान गर्न स्थानीय तहहरूलाई ताकेता गरेको छ । प्राधिकरणले बुधबार सूचना जारी गर्दै स्थानीय तहहरूलाई ७ दिनभित्र बक्यौता महसुल बुझाउन ताकेता गरेको हो ।

स्थानीय निकायहरूलाई सडक बत्तीकाे विद्युत् उपभोग गरेवापत बक्यौता महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत् उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गराउन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी मिटर जडान गर्न तथा सडक बत्ती बापतको वक्यौता महसुल बुझाउन  ७ दिने सूचना जारी गरेकाे छ ।

७ दिनभित्र सडक बत्तीका लागि मिटर लिई ग्राहक नबनेमा त्यस्ता बिना मिटरका सडक बत्तीहरू वितरण केन्द्रबाट हटाउने प्राधिकरणले चेतावनी दिएको छ । त्यस्तै, प्राधिकरणले सडक बत्तीको बक्यौता महसुल नबुझाउने स्थानीय निकायहरूको हकमा नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने जनाएको छ ।

प्राधिकरणले यसअघि पनि असोज २१ गते ४५ दिनको समयावधि दिई सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit