विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४ जलविद्युत कम्पनीले आफ्नो सेयरधनी सदस्यहरूलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट बोनस र लाभांश वितरण गर्ने तयारी गरेका हुन् ।

सुपर माई हाइड्रो पावर कम्पनी लिमिटेड, सानिमा माई हाइड्रो पावर लिमिटेड, रुरु जलविद्युत परियोजना लिमिटेड र अरुण काबेली पावरले आफ्नो सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यी मध्ये एक कम्पनीले मात्र बोनस सेयर र नगद  लाभांश दुवै दिने प्रस्ताव गरेको छ ।

यस्तै, एक कम्पनीले बाेनस सेयर मात्र प्रस्ताव गरेको छ भने दुई कम्पनीले बोनस सेयर मात्र प्रस्ताव गरेका छन् । बोनस सेयर र नगद लाभांश दुवै प्रस्ताव गर्नेमा रुरु जलविद्युत परियोजना लिमिटेड रहेको छ । गुल्मीमा ५ मेगावाटको हुग्दी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको कम्पनीले आफ्ना सेयर लगानीकर्तालाई निरन्तर लाभांश उपलब्ध गराउँदै आएको दाबी गर्दै आएको छ ।

यो कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्म्पनीको आगामी कात्तिक ४ गते हुने साधारणसभाले पारित गरेपछि आफ्ना सेयर लगानीकर्तालाई वितरण गर्नेछ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट पनि आफ्ना सेयरधनी सदस्यहरूलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, सानिमा माई हाइड्रो पावर कम्पनीले चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । आगामी कात्तिक २ गते हुने साधारणसभाले पारित गरेपछि कम्पनीले नगद लाभांश वितरण गर्नेछ ।

यो कम्पनीले आफ्ना सेयरधनीलाई अघिल्लो आर्थिक वर्ष २०७७/७८ को चूक्ता पूँजीबाट भने नगद लाभांश र बोनस सेयर दुवै दिएको थियो । अघिल्लो वर्ष १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो कम्पनीको इलाममा निर्माण सम्पन्न २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छ ।

अरुण काबेली हाइड्रो पावर कम्पनी लिमिटेडले पनि १० प्रतिशत बोनस सेयर मात्र दिने घोषणा गरेको छ । चुक्ता पूँजीको १० प्रतिशत अर्थात १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बोनस सेयर दिनेछ । यो कम्पनीले अघिल्लो वर्ष भने १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो कम्पनीको २५ मेगावाटको काबेली बी–१ सञ्चालनमा छ ।

यस्तै, सुपर माई हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यलाई २०७८/७९ को चुत्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । गत साउन ३१ गते भएको साधारणसभाले कम्पनीको लाभांश पारित गरेको हो । सेयरधनी सदस्यलाई ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भइसकेको छ ।

यो कम्पनीले अघिल्लो वर्ष ११.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यो कम्पनीको इलामको माई खोलामा निर्माण सम्पन्न ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । उत्पादित विद्युत १३२ केभी प्रसारण लाइन मार्फत गोदक सबस्टेसनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit