विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २५, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत आयाेजना निर्माण सम्पन्न तथा निर्माण गरिरहेका १२ जलविद्युत कम्पनीहरूले साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । कम्पनीहरूले जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

यी कम्पनीहरूले २ अर्ब ३९ कराेड ९६ लाख ३५ हजार ७ सय रूपैयाँ बराबरकाे २ करोड ३९ लाख ९६ हजार ३ सय ५७ कित्ता सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ । बाेर्डका अनुसार सेयर निष्कासन अनुमतिका लागि २०७८ मा दुई र २०७९ मा १० कम्पनीले आवेदन दिएका छन् ।

आवेदन दिएक कम्पनीमध्ये सबैभन्दा बढी मोदी इनर्जि लिमिटेडकाे रहेकाे छ । याे कम्पनीले सय रुपैयाँ अंकित ७२ करोड ५० लाख रूपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न कम्पनीले बोर्डमा आवेदन दिएको छ । कम्पनीले २०७९ भदौ ३१ गते आवेदन दिएको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै, सबैभन्दा कम कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेड रहेको छ । २ लाख ४३ हजार ७ सय ३५ कित्ता सेयर निष्कासन गर्न लागेको यस कम्पनीले २०७८ साउन ३२ गते आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन एम बी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्ध नियुक्त गरिएको छ ।

सेयर निष्कासन अनुमतिका लागि आवेदन दिने कम्पनीहरू

क्रस कम्पनीकाे नाम सेयर (कित्ता) रकम बिक्री प्रबन्धक मिति
मिड साेलु हाइड्रो लिमिटेड १४ लाख ९६ हजार ८०० १४ कराेड ९६ लाख ८० हजार एनआईसी एसिया क्यापिटल लि २०७९/१०/११
मनकामना इन्जिनियरीङ हाइड्रो पावर लिमिटेड २८ लाख २८ कराेड बिओके क्यािपटल मार्केट लि. २०७९/१०/१६
माथिल्लाे मैलुङ खाेला जलविद्युत लि २५ लाख २५ कराेड सानिमा क्यापिटल लि २०७९/११/०३
चिर्खुवा हाइड्रो पावर लि. १२  लाख १२ कराेड आरबीबी मर्चेन्ट बैकिङ लि. २०७९/९/२५
भगवती हाइड्रो पावर डेभलपमेन्ट (११६ प्रतिकित्ता) १४ लाख ३० हजार १६२ १४ कराेड ५८ लाख ९८ हजार ७९२ सिद्धार्थ क्यापिटल लि २०७९/८/२०
मान्डु हाइड्रो पावर लि (प्रतिकित्ता २४८) १६ लाख ३६ हजार ३६० ४० कराेड ५८ लाख १९ हजार ७६० प्रभु क्यापिटल लि २०७९/९/११
अप्पर स्याङ्गे हाइड्रो पावर लि ८ लाख ७० हजार ८ कराेड ७० लाख सिद्धार्थ क्यापिटल २०७९/३/३१
थ्रि स्टार हाइड्रो पावर लि १२ लाख ३१ हजार २५० १२ कराेड ३१ लाख २५ हजार  हिमालयन क्यापिटल लि २०७८/४/१७
रावा इनर्जी डेभलपमेन्ट लि ८ लाख ४० हजार ८ कराेढ ४० लाख प्रभु क्यापिटल २०७९/३/१३
१० माेदी इनर्जी लि ७२ लाख ५० हजार ७२ कराेड ५० लाख सनराइज क्यापिटल लि २०७९/५/३१
११ कुथेली बुखरी स्मल हाइड्रो पावर लि २ लाख ४३ हजार ७३५ २ कराेड ४३ लाख ७३ हजार ५०० एनएमबी क्यापिटल लि २०७८/४/३२
१२ अप्पर लाेहरे हाइड्रो पावर कम्पनी लि २४ लाख ९८ हजार ४० २४ कराेड ९८ लाख ४ हजार एनआईसी एसिया क्यापिटल लि २०७९/६/१३

स्राेत ः नेपाल धिताेपत्र बाेर्ड

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३