विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको विद्युतीय स्कुटर उत्पादनमा लगानी गरिरहेको सबैभन्दा ठूलो कम्पनीले सन् २०२७ देखि पेट्रोलियम इन्धनबाट चल्ने २ पाङ्गे सवारी (मोटरसाइकल/स्कुटर) साधानको बिक्री वितरणमा रोक लगाउन माग गरेको छ । हिरो इलेक्ट्रिक भेहिकल्स कम्पनीले पर्यावरण मैत्री विद्युतीय सवारीको संख्या बढाएर शतप्रतिशत बनाउन पेट्रोलियम इन्धनबाट चल्ने २ पाङ्ग्रे सवारी साधनको बिक्री वितरणमा रोक लगाउन माग गरेको हो ।

२०२७ विद्युतीय सवारीको संख्या शतप्रतिशत बनाउन उपयुक्त समय हुने कम्पनीका प्रबन्ध निर्देशक मुन्जलले बताए । उनले पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनको बिक्रीमा रोक नलगाउने हो भने विद्युतीय सवारीको संख्या शतप्रतिशत बनाउन दशकौंको समय लाग्ने बताएको सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारत सरकारले पेट्रोलियम इन्धनबाट चल्ने २ पाङ्ग्रे सवारी साधन प्रतिस्थापनको लक्ष्य निर्धारण गरिदिएमा यो क्षेत्रमा सक्रिय कम्पनीहरूले विद्युतीय सवारीको बिक्री संख्या बढाउन उत्पादनदेखि चार्जिङ स्टेसनसम्मका पूर्वाधार निर्माणको योजनामा काम गर्न सुरु गर्ने उनले बताए । 

हिरो इलेक्ट्रिकले पनि २ पाङ्ग्रे विद्युतीय सवारी साधन उत्पादनका लागि ७ अर्ब भारु लगानी गर्ने योजना बनाएको उनले जानकारी दिए । यो कम्पनीले विद्युतीय सवारी सञ्चालनको प्रणालीका लागि भारतभर ठाउँ–ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने पनि मुन्जलले बताए ।

तीव्र गतिमा हुने विद्युतीकरण विस्तारले पनि स्थानीय व्यापारिलाई २ पाङ्ग्रे विद्युतीय सवारीले पेट्रोलियमबाट चल्ने सवारी प्रतिस्थापनमा नैतिक दबाव कम्पनीको भनाई छ । विद्युतीय सवारीको महंगो मूल्य र चार्जिङ स्टेसनको अभावका कारण भारतमा पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गर्न समस्या देखिएको छ ।

अहिले विश्वको ९७ प्रतिशत २ पाङ्ग्रे विद्युतीय सवारी चीनमा सञ्चालित छन् । भारतमा यो संख्या विश्वको कूल १ प्रतिशत मात्रै छ ।

बढ्दो वायु प्रदुषण नियन्त्रण गरी जलवायु परिवर्ननको असर न्यूनिकरण गर्न विद्युतबाट चल्ने २ पाङ्ग्रे सवारीको संख्या बढाउनु नै बढी प्रभावकारी हुने अध्ययनले देखाएको छ । पेट्रोलियम इन्धनबाट चल्ने कारले भन्दा मोटरसाइकल र स्कुटरले बढी प्रदुषण गर्ने हुँदा विद्युतीय मोटर साइकल र स्कुटरको संख्या बढाउनु पर्ने आवश्कता देखिएको हो ।

विश्वकै बढी मोटरसाइकल उत्पादन गर्दै आएको हिरो मोटो कर्पोरेशनले सन् २०२२ देखि विद्युतीय स्कुटर उत्पादन सुरु गर्दैछ । बजाज अटो लिमिटेडले पनि आउने वर्षदेखि नै इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गर्दैछ । 

टिभिएस मोटरले अहिले एउटा मोडलको विद्युतीय स्कुटर बिक्री वितरण गरिरहेको छ । अहिले दिल्ली र ब्याङ्लोरमा मात्रै बिक्री वितरण भइरहेकोमा थप २० वटा सहरमा विस्तार गर्ने टिभिएसको तयारी छ ।

सफ्ट बैंक समूह र टाइगर ग्लोबल एपि मातहतको ओला इलेक्ट्रिकले २ पाङ्ग्रे सवारी उत्पादन गर्ने उद्योग स्थापना गरेको छ । ओलाले विद्युतीय स्कुटरको बिक्री खुलाएको पहिलो दिनमै ८२ मिलियन अमेरिकी डलर बराबरको कारोबार गरेको थियो ।

ब्लुमवर्गबाट अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit