विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरुवा तथा पदस्थापन भई तोकिएको समयभित्र सम्बन्धित कार्यालयमा हाजिर नहुने कर्मचारीको विवरण मागेको छ । प्राधिकरण प्रशासन निर्देशनालय, जनसाधन विभाग, कर्मचारी प्रशासन महाशाखा अन्तर्गतको कारबाही शाखाले सरुवापछि हाजिर नहुने तथा काम अवधि समाप्त भएपछि पनि फिर्ता नभएका कर्मचारीको विवरण माग गरेको हो ।

शाखाले सरुवा भएको कार्यालयमा हाजिर नहुने तथा काज फिर्ता नहुने कर्मचारीका सम्बन्धमा कारबाही प्रक्रिया अघि बढाउन विवरण माग गरेको जनाएको छ । जनशाधन विभागले केही दिनअघि सरुवा/पदस्थापन तथा काज अवधि समाप्त भएपछि पनि सम्बन्धित कार्यालयमा नगएका कर्मचारीलाई २४ घन्टाभित्र रमाना लिन निर्देशनसहितको परिपत्र जारी गरेपछि शाखाले पनि त्यस्ता कर्मचारीको विवरण मागेको हो ।

विभागले सरुवा, पदस्थापन तथा काज अवधि पूरा भएका कर्मचारीले तत्काल रमाना लिनु पर्ने र नलिएमा अहिले काम गरिरहेको कार्यालयबाट तलब भुक्तानी तथा हाजिरी रोक्का गर्ने चेतावनी पनि दिएको थियो । विभागको परिपत्रपछि पनि अटेर गरेर बस्ने कर्मचारीको विवरण माग गरी त्यस्ता कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाउने शाखाले जनाएको छ ।

‘परिपत्र तथा सूचनालाई अटेर गरी रमाना नलिने/नदिने, काज फिर्ता नजाने/नपठाउने, हाजिरी रोक्का नगर्ने तथा त्यस्ता कर्मचारीलाई तलब भुक्तानी गर्ने कर्मचारीको विवरण संकलन गर्दैछौं । नामावली संकलन भइसकेपछि प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढ्छ’ शाखाले जारी गरेको सूचनामा भनिएको  छ । 

प्राधिकरणले २ वर्षभन्दा बढी समय एउटै कार्यालयमा बिताएका कर्मचारीको सरुवा तथा पदस्थापना गर्ने गरेकोमा कर्मचारीहरू आफुलाई अनुकुल पर्ने कार्यालय छोडी नयाँ कार्यालयमा हारिज हुँदैनन् । सरुवा, पदस्थापन तथा काज अवधि पूरा भइसकेपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नहुने कर्मचारीको संख्या बढ्दै गएपछि विभागले गम्भिरता देखाउँदै त्यस्ता कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit