विद्युत अपडेट

  • प्राधिकरण : ८७३३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७७७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३०२६ मे.वा.घन्टा
  • आयात : ३१९९ मे.वा.घन्टा
  • निर्यात : २४३३ मे.वा.घन्टा
  • ट्रिपिङ : 0 मे.वा.घन्टा
  • ऊर्जा माग : ४२७३५ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १९५० मे.वा.
२०८२ जेठ ९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुदूरपश्चिम प्रदेश भएर बग्ने सेती नदीको सहायक नदी बूढीगंगामा अघि बढेको २० मेगावाटको बूढीगंगा अर्धजलाशय जलविद्युत आयोजना निर्माणका लागि सिभिल र हाइड्रोमेकानिकलको ठेक्का पुन आह्वान गरिने भएको छ । आयोजनाको लट–१ को पहिलाे पटकको ठेक्का प्रक्रियामा कुनै पनि आवेदन प्रभावकारी नभएकोले पुनः ठेक्का आह्वान गर्न लागिएको हो ।

लट–१ तर्फको काम निर्माण गर्न ठेकेदार छनोट अन्तर्गत बोलपत्र आह्वान भई मुल्याङ्कन समेत सम्पन्न हुँदा कुनै पनि आवेदकले तोकिएको मापदण्ड पूरा गर्न नसकेपछि पुनः ठेक्का आह्वान गर्न लागिएको विदयुत विकास विभागले जनाएको छ । विभागका अनुसार पुनः खरिद प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ ।

नेपालको दिगो आर्थिक वृद्धि हासिल गर्न, जलविद्युत विकासमा सार्वजनिक क्षेत्रको क्षमता वृद्धि गर्नका लागि अघि बढाइएको आयोजनाको २० रोपनी जग्गा अधिग्रहण भइसकेको विभागले जनाएको छ । आयोजनाको बाँधस्थल, विद्युतगृह, क्याम्प साईट, बूढीगंगा सबस्टेसन तथा कार्यालय भवनको लागि ३ जिल्लाको जग्गा अधिग्रहणको काम सकिएको छ ।

प्रसारण लाइन टावरको लागि आगामी आर्थिक वर्षमा जग्गा अधिग्रहण गरिने विभागले जनाएको छ । आयोजनाको लागि साइट कार्यालय भवन, आवास गृहहरू तथा आवश्यक क्याम्प फ्यासिलिटीजको निर्माण कार्य सम्पन्न  भइसकेको छ ।

यस्तै, विद्युतगृह, बाधस्थल, सर्ज ट्याङसम्म पुग्ने पहुँचमार्ग तथा सोका लागि आवश्यक पुल निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । विस्तृत इन्जिनियरीङ अध्ययन तथा डिजाइन साथै विद्युत उत्पादनको वातावरणीय प्रभाव मूल्याङकन अध्ययन कार्य सम्पन्न भएको विभागले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १०.३३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम सन २०२५ भित्र पूरा गर्ने लक्ष्य छ । आयोजनाको विस्तृत अध्ययन गरी यसको कार्यान्वयन संयुक्त लगानीमा गर्न नेपाल सरकार र कुबेती फण्ड फर अरब इकोनोमिक डेभलपमेन्ट बीच सन् २०१२ तथा साउदी विकास कोषबीच सन् २०१४ मा ऋण सम्झौता भएको थियो ।

आयोजना निर्माण सकिएपछि उत्पादन भएको विद्युत १३२ केभी प्रसारण लाइन मार्फत ८१.७० किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३