काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था, नेपाल (इपान) को २२ औँ वार्षिक साधारणसभा जेठ ४ गते शुक्रबार हुने भएकाे छ ।
साधारणसभामा आर्थिक वर्ष २०७९/८० को लागि कार्यकारीणी समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने र सोही आ.व को लेखा परीक्षकको प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने कार्यसूची रहेकाे इपानले जनाएकाे छ ।
त्यस्तै २२ औँ वार्षिक साधारणसभाको माइनुटमा हस्ताक्षर गर्नका लागि यस साधारणसभामा उपस्थित सम्पूर्ण सदस्यको तर्फबाट एक सदस्य चयन गर्ने र आ.व. २०८०/८१ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूची समेत तय भएकाे जनाएकाे छ ।
वैशाख ३१ गतेभित्र सदस्यता नवीकरण गर्ने सदस्यहरूले मात्र वार्षिक साधारणसभामा भाग लिन पाउने समेत संस्थाले जनाएको छ । सभा एभरेष्ट होटल, बानेश्वरमा बिहान ९ बजेबाट सुरु हुने जनाइएकाे छ ।