विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश नम्बर १ को ओखलढुंगा जिल्लामा पहिचान भएको २१ मेगावाटको आयु मलुन खोला जलविद्युत आयोजनाको काम २ वर्षभित्र पूरा हुने भएको छ । जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५, ६, र ७ भई बग्ने खोलामा पहिचान भएको पुवा खोला–वान हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको हो ।

अध्ययन पूरँ भएकोको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमति दिने ३५ दिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावारण मन्त्रालयबाट स्वीकृत वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय÷सुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय/सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

आयोजनाको वाँध र हेडरेस पाइप मलुन खोलाको बायाँ र बाँकी सम्पूर्ण संरचना दाँया किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खोलामा बाँध बाँधि ५७७ मिटर स्टिल पाइप, १८७६ मिटर हेडरेस पाइप र १६२० मिटर पेनस्टक पाइपमार्फत पानीलाई विद्युतगृहमा पुर्याइनेछ ।

विद्युतगृहमा३ वटा ७ मेगावाटको टर्वाइनसँग जोडिएको जेनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । आयोजनाको सबै काम पूरा गरेर २०८१ साउनभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक ११२.५८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादन हुने विद्युत ११/१३२ केभी प्रसारण लाइन मार्फत २० किलोमिटर दुरीमा रहेको प्राधिकरणको सोलुखुम्बु स्थित तिङ्ला सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit