विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बजाङको कालंगा नदीमा बाघथला हाइड्रो पावर कम्पनीले ८ मेगावाटको तल्लो कालंगा गाड जलविदुत आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।

निर्माण सम्पन्न १५.३३ मेगावाटको कालंगा गाड जलविद्युत आयोजना नजिकै पहिचान भएको तल्लाे कालंगा गाड आयोजनाको निर्माणको तयारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पुष्प चित्रकारले बताए ।

‘आयोजना निर्माण सुरु अघिको काम भइरहेको छ’, उनले ऊर्जाखबरसँग भने, ‘अहिले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) को तयारी भइरहेको छ ।’

यही नदीमा ६४ मेगावाटको २ जलविद्युत आयोजना निर्माणाधीन छन् भने एक आयोजनाको निर्माण पूरा गरी परीक्षण समेत सकिएको छ । कालंगा हाइड्रो इनर्जी कम्पनीले कालंगा गाडको निर्माण पूरा गरी २०७९ असारमै परीक्षण समेत पूरा गरीसकेको हाे ।

आयोजनाको काम पूरा भएपनि कम्पनी आफैले निर्माण गरिरहेको विद्युत जोडिने लाइन पूरा नहुँदा विद्युत प्रणालीमा जोडिन सकेको छैन् । अहिले भने प्रसारण लाइनको काम पनि अन्तिम चरण पुर्याएको चित्रकारले बताए । आगामी एक महिनाभित्र लाइनको काम पूरा हुनेछ ।

यस्तै, याे बेसीनमा सानीगाड हाइड्रो कम्पनीले निर्माण गरीरहेकाे ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाडको काम पनि अन्तिम चरणमा पुगेकोले कात्तिकभित्र पूरा गरी परीक्षण गर्ने लक्ष्य रहेको छ । १०.७० मेगावाटको सानिगाडको काम भने आगामी माघभित्र पूरा हुने प्रवर्द्धक बुंगल हाइड्रो कम्पनीले जनाएको छ ।

यी सबै आयोजनाको विद्युत ३९ किलोमिटर दुरीमा रहेको बलाँच सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक लाइन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । यी सबै आयोजना निर्माण पूरा भएपछि सुदुरपश्चिम क्षेत्रमा विद्युत आपूर्ति गरिनेछ । अहिले यो क्षेत्रमा भारतबाट विद्युत आयात गरेर सेवा प्रवाह भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit