विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण मानिएकाे निर्माणाधीन हेटौंडा–ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइनकाे काम ११ वर्षमा पनि पूरा हुन सकेकाे छैन । यद्यपि, नेपाल विद्युत् प्राधिकरणले भने निर्माण अन्तिम चरणमा पुगेकाे बताउँदै आएकाे छ ।

ढल्केबरदेखि पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा रहेकाे र पश्चिम खण्डकाे विभिन्न स्थानमा अझै अवरोध रहेकाे आयाेजना प्रमुख श्याम यादवले बताए । पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोसी लगायत आयोजनाको बिजुली पूर्वी भेगका औद्योगिक क्षेत्रमा माग अनुसार आपूर्ति गर्न सहज हुने उनकाे भनाइ छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ स्थित थानाभर्‍याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ २८८ किलोमिटर छ । पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भइरहेकाे उनले जानकारी दिए ।

प्रसारण लाइनलाई हेटौंडा-ढल्केबर १३४ किलोमिटर र ढल्केबर-इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी ११ वर्षदेखि काम जारी छ। पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि ७९२ वटा टावर निर्माण गर्नुपर्छ। धेरैजसो टावरको काम भए पनि स्थानीय बासिन्दाले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ।

मोरङ-सुनसरी औद्योगिक करिडोर लगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने प्राधिकरणलाई दबाब छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्त्वको हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउन सक्ने बताए। ४००/२२० केभी क्षमताका तीन सबस्टेशन निर्माण सम्पन्न भइसकेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५, १६ तथा १७ स्थित हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करीब ६ वर्षदेखि निर्माणमा अवरोध छ। हटिया क्षेत्रमा १४, हेटौंडा–११ स्थित थानाभर्‍याङमा दुई र जियाजोर क्षेत्रमा ८ वटा टावर निर्माणमा अवरोध भइरहेको छ । थानाभर्‍याङमा रहेको सबस्टेशनमा लाइन जडानका लागि दुई वटा टावर निर्माण गर्नुपर्ने छ। यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन् ।

हेटौंडा–ढल्केबर–इनरुवा ४४० केभी प्रसारण लाइन अहिलेको १३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ । प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र बिन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ । आयोजनाले ५१८ हेक्टर वन क्षेत्रमा रहेका रूख काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमीन अधिग्रहण गर्नुपर्नेछ । मार्गाधिकारमा ४७५ हेक्टर निजी जग्गा र १७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन् ।

कुल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी छ। यसअघि आयोजनाका लागि विश्व बै‌ंकले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । स्थानीयको अवरोध अन्त्य गर्न प्रयास भइरहे पनि सहमति जुट्न सकेको छैन। प्रसारण लाइन मकवानपुरबाट बारा–रौतहट–सर्लाही–महोत्तरी–धनुषा–सिरहा–उदयपुर–सप्तरी हुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३