विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । फिनल्याण्डको अग्रणी ह्याकाथन आयोजक संस्था 'ह्याकजंकसन' (Hackjunction) र काठमाडौंस्थित फिनल्याण्डको दूतावासअन्तर्गत 'टिम फिनल्याण्ड' (Team Finland) को सहकार्यमा 'सम्स नेपाल' (SUMS Nepal) ले आउँदो २९ देखि ३१ मे (२०२६) सम्म काठमाडौँको खुमलटारस्थित एआइटिएम कलेज (AITM College) मा तीन दिने ह्याकाथन 'जंकसनएक्स काठमाडौँ: फिनोफेस्ट २०२६' (JunctionX Kathmandu: FinnoFest 2026) आयोजना गर्न लागेको छ ।

कग्निट फिनल्याण्ड (Cogknit Finland) को सहयोगमा सञ्चालन हुन लागेको यस तीन दिने महोत्सवमा ३०० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाउने बताइएकाे छ । आयोजक कलेजका अनुसार नेपालका ३ प्रमुख आर्थिक क्षेत्रमा व्यावहारिक समाधान खोज्दै नवप्रवर्तन र प्रविधिको उच्चस्तरीय कार्यान्वयनलाई बढावा दिन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यसअन्तर्गत 'हाइटेक' (Hitech), 'हस्पिटालिटी एन्ड हेरिटेज' (Hospitality and Heritage) तथा 'हाइड्रोपावर एन्ड सस्टेनेबल इनर्जी' (Hydropower and sustainable energy) गरी तीन वटा ट्र्याकहरू विभाजन गरिएको छ, जसमा सहभागीले २४ देखि ३६ घण्टासम्मको चुनौतीको सामना गर्दै विशेषज्ञको मार्गदर्शनमा वास्तविक समस्याको समाधान खोज्नुपर्ने छ ।

यस कार्यका लागि नेपाल पर्यटन बोर्डलाई हस्पिटालिटी एन्ड हेरिटेजमा, काठमाडौँ विश्वविद्यालयको टर्बाइन टेस्टिङ ल्याबलाई हाइड्रोपावर एन्ड सस्टेनेबल इनर्जीमा र इसेवा (eSewa) लाई हाइटेक ट्र्याकमा प्रमुख सहयात्री संस्थाको रूपमा समेटिएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रविधिविज्ञको बलियो साझेदारीमा रहने छ । कार्यक्रममा लभेबल (Lovable), इलेभेनल्याब्स (ElevenLabs), एडब्लुएस युजर ग्रुप (AWS User Group) र गुगल डेभलपर्स ग्रुप (Google Developers Group) जस्ता अन्तर्राष्ट्रिय प्रविधि संस्थाका साथै इसेवा (eSewa), वर्ल्डलिङ्क (Worldlink), प्रोग्रामिज (Programiz), एक्सट्रिम (Xtreme), एथर इनर्जी (Ather Energy) र खजुरीको (Khajurico) जस्ता नेपालका प्रमुख उद्योग तथा कम्पनीहरू साझेदारका रूपमा सहभागी छन् ।

आयोजकका अनुसार यस वृहत् साझेदारीले सहभागीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेटवर्किङको महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ । ३ दिनसम्म चल्ने यस ह्याकाथनसँगसँगै विभिन्न प्यानल छलफल, कार्यशाला, सेमिनार र अन्तर्राष्ट्रिय करियर एक्स्पोसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ । यस माध्यमबाट नेपाली विद्यार्थी र पेशेवरले फिनल्याण्डका विश्वविद्यालय, उद्योगका नेतृत्वकर्ता र नीति निर्माताहरूसँग प्रत्यक्ष संवाद गरी आफ्नो वैश्विक नेटवर्क विस्तार गर्ने सुनौलो अवसर प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताका विजेता टोलीहरूले अक्टोबर २०२६ मा हेलसिन्की, फिनल्याण्डमा आयोजना हुने विश्वव्यापी ह्याकाथन प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । ३० भन्दा बढी देशका टोलीहरूले प्रतिस्पर्धा गर्ने उक्त विश्वव्यापी मञ्चको यात्राको सम्पूर्ण खर्च आयोजक टोलीले नै व्यहोर्नेछ ।

आयोजक संस्था सम्स नेपाल (SUMS Nepal) का अनुसार यो आयोजना नेपालको शिक्षा जगत्, उद्योग र सरकारबीचको दूरी कम गर्न एक महत्त्वपूर्ण पहल हो । संस्थाले उद्यमशीलता (Entrepreneurship), सशक्तीकरण (Empowerment) र रोजगारयोग्यता (Employability) गरी तीन 'E' लाई मुख्य आधार बनाई नेपाली प्रतिभाहरूलाई वैश्विक मञ्चमा स्थापित गर्ने लक्ष्य राखेको छ, जसको प्रत्यक्ष रूप 'जंकसनएक्स काठमाडौं' बनेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३