विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल–भारतबीच विद्युत व्यापारका लागि निर्माण हुने ४०० केभी बुटवल–गोरखपुर–न्यू अन्तरदेशीय प्रसारण लाइनका लागि परामर्शदाता नियुक्त गरिएको छ । उक्त प्रसारण लाइनको परामर्शकमा भारतकै पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडलाई नियुक्ति गरिएको हो ।

प्रसारण लाइन निर्माण गर्न गठित बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बिजिसिपिटीएल) र पावर ग्रिडबीच बिहीबार (जेठ ११ गते) दिल्लीमा सम्झौता भएको छ । सम्झौता अनुसार यो लाइनको निर्माण बिजिसिपिटीएलमार्फत अगाडि बढाइनेछ । २०७८ भदौमा भारतको नयाँ दिल्लीमा भएको कार्यक्रममा लाइन निर्माण गर्न  नेपाल र भारतबीच सम्झौता भएको थियो ।

लाइन निर्माण गर्न २०७९ भदौ ३१ गते बिजिसिपिटीएल स्थापना भएको थियो । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन इण्डियाको ५०–५० प्रतिशत स्वपुँजी (इक्विटी) रहने कम्पनीको अधिकृत र जारी पुँजी ५–५ लाख भारु कायम गरिएको जनाइएको छ ।

२०७६ साल असोज २७ र २८ गते भारतको बैंगलोरमा भएको सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जेएससी) को बैठकले तीन महिनाभित्र कम्पनी गठन गर्ने भनिए पनि ३ वर्षपछि यसको टुंगो लागेको छ । गत वर्ष लगानीका लागि प्राधिकरण  र पावर ग्रीडबीच लगानी सम्झौतामा हस्ताक्षर भएको थियो ।

कूल १४० किलोमिटर निर्माण हुने उक्त प्रसारण लाइन भारततर्फ १२० किलोमिटर र नेपालतर्फ २० किलोमिटर हुनेछ । पछिल्लो अध्ययनअनुसार प्रसारण लाइन निर्माणको कूल लागत ६ अर्ब ४० करोड रुपैयाँ अनुमान गरिएकोमा १ अर्ब २८ करोड (२० प्रतिशत) स्वपुँजी लगानी हुनेछ; जसमा नेपालले ६४ करोड रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । पहिलो ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन २५ वर्षका लागि नेपाल एक्लैले क्षमता बुकिङ गरेकोमा दोस्रो पनि दोस्रोमा पनि त्यही विधि अपनाइएको छ ।

लाइन निर्माण काम सुरु भएको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो लाइन पूरा भएपछि २५०० मेगावाट बढी विद्युत प्रवाह हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit