काठमाडौं । कास्की जिल्लाको सार्दी खोलामा ४ मेगावाटको सार्दी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको मन्दाकिनी हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई करिब ३ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले २०७८/७९ को नाफाबाट आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ५ प्रतिशत अर्थात २ करोड ९४ लाख १ हजार ८ सय ४५ रुपैयाँ नगद लाभांश वितरण गर्ने लागेको हो । सञ्चालक समितीबाट प्रस्तावित लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
कम्पनीको साधारणसभा पुस ३० गते हुनेछ । साधारणसभामा आव २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित हुनेछ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले २०७४ मंसिर २३ गतेदेखि निरन्तर उत्पादन गरिरहेको छ ।