काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रो पावर कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि साधारणसभा आह्वान गरेको छ । पुस २० गते हुने सभाले प्रस्ताव पारित गरेपछि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।