विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १२.५ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना सञ्चालन गरिरहेको हिमाल-दोलखा हाइड्रो पावरले हकप्रद सेयर निष्कासन प्रक्रियामा कानून मिचेकोमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग माफी मागेको छ । कम्पनीले प्रक्रिया नै पूरा नगरी शनिबार (साउन १४ गते) हकप्रद सेयर निष्कासन र साधारणसभाको सूचना निकालेकोले माफी मागेको हो ।

कानुन मिचेर हकप्रद सेयर निष्कासन गर्न लागेको भन्दै नेप्सेले दोस्रो बजारको सेयर कारोबार बन्द गरेपछि कम्पनीले स्पष्टिकरणसहित माफी मागेको नेप्सेले जनाएको छ । कम्पनीले स्पष्टिकरण दिएपछि नेप्सेले सचेत गराउदै सेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले मंगलबार (१७ गते) देखि सुरु हुने गरी सेयर कारोबार फुकुवा गरेको हो । कम्पनीले स्पष्टिकरणमा कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैठक बस्नु कमजोरी भएको र आगामी दिनमा त्यसो नगर्ने भन्दै क्षमायाचना गरेको छ । त्यस्तै, बुक क्लोजको मिति उल्लेख गर्दा लेखाईमा त्रुटी हुन गएको कम्पनीले जनाएको छ । नेप्सेले कम्पनीलाई पुनः नियम अनुसार हुने गरि बुक क्लोज मिति तोक्न निर्देशन दिएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्था अनुसार विनियम २२(१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समयमा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारीबाट सर्वसाधारणलाई कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको थियो ।

त्यस्तै, धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता पत्रको बुदाँ नम्बर १० मा भएको व्यवस्था अनुसार संगठित संस्थाको धितोपत्र दर्ता किताब बन्द गर्नुपर्ने भएमा सोको कारण तथा बन्द रहने अवधि सहितको जानकारी कम्तिमा ७ ( सात) दिन अगाडी नेप्सेलाई दिनुपर्नेछ भन्ने व्यवस्था रहेकोमा कम्पनीले उक्त सम्झौता समेत उल्लङ्घन गरेको थियो ।

कम्पनीले इलाममा ४.५ मेगावाटको माइ खोला स्मल र ८ मेगावाटको माई स्मल क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाबाट विद्युत उत्पादन भएको ३ वर्षसम्म संस्थापक सेयर बेचबिखन गर्न नपाइने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit