काठमाडौं । रामेछाप र दोलखाको सिमाना भइ बन्ने खिम्ती खाेलामा ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याउने हिमाल पावर लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
कम्पनीले जनरल म्यानेजर (महाप्रबन्धक) को रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको जनाएको छ । यसका लागि कम्तीमा अन्तर्राष्ट्रिय कम्पनीमा २५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । प्रमुख पूर्वाधार परियोजनाहरूमा १५ वर्ष काम गरेको अनुभव भएको, सोही क्षेत्रमा कम्तीमा पनि १५ वर्ष अवलोकन र ५ वर्ष स्वेदशी कम्पनीमा प्रबन्धकको रुपमा काम गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक व्यक्तिले फागुन १४ गते (आइतबार) सम्म आवेदन दिइसक्नु पर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित कम्पनीकाे इमेलमा बुझाउनुपर्नेछ । शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी अनुभव भएकोले रोजगारीको अवसर पाउनेछन् ।