विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सोलार पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (सोपान) ले स्वच्छ ऊर्जा प्रवद्र्धन र दिगो विकास लक्ष्यप्रति सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसर यस्तो प्रतिबद्धता जनाएको हो ।

संयुक्त राष्ट्र संघद्वारा हरेक वर्ष जनवरी २६ मा मनाइने यो दिवसले स्वच्छ ऊर्जालाई जलवायु परिवर्तन न्यूनीकरण, प्रदूषण नियन्त्रण तथा सबैका लागि समान ऊर्जा पहुँच सुनिश्चित गर्ने आधारका रूपमा जोड दिएको छ । विश्वभर अझै करिब ६६ करोड ६० लाख मानिस विद्युत् सेवाबाट वञ्चित रहेको सन्दर्भमा सौर्य, जल, पवन तथा नवीन ऊर्जा समाधानको महत्त्व बढ्दो गएको छ ।

सोपानका संस्थापक अध्यक्ष डा. सन्दिप शाहले स्वच्छ ऊर्जालाई ‘भावी पुस्ताका लागि अवसर, सम्मान र दिगोपनको आधार’ भन्दै सरकार, निजी क्षेत्र र समुदायलाई स्वच्छ ऊर्जा रूपान्तरण तीव्र बनाउनुपर्ने बताए । ‘स्वच्छ ऊर्जा प्रविधि मात्र होइन, यो भावी पुस्ताका लागि आत्मसम्मान, अवसर र दिगोपनको प्रतिबद्धता पनि हो,’ उनले भने, ‘पैरवी, सहकार्य र सचेतनामार्फत नेपालको ऊर्जा रूपान्तरणमा काम गर्न हामी प्रतिबद्ध छौँ ।’

सोपानले दिगो विकास लक्ष्य–७ (सस्तो र स्वच्छ ऊर्जा) लाई केन्द्रमा राख्दै नेपालका विभिन्न क्षेत्रमा ग्रिड स्थायित्वयुक्त सौर्य ऊर्जा आयोजना तथा कृषि सहकार्य मोडेल प्रवर्द्धन गर्दै आएको जनाएको छ । यसले ऊर्जा सुरक्षा, खाद्य सुरक्षा, ग्रामीण रोजगारी र जलवायु सहनशीलतामा योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३