विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मुलुकलाई आवश्यक विद्युत ऊर्जाको स्रोतको रूपमा जलविद्युतको उपयोग हुँदै आएको छ । यद्यपि, मिश्रित ऊर्जाका स्रोतको उपयोगअन्तर्गत रुफटप सोलार विकास गरी यसलाई नेट मिटरिङमार्फत नेपाल विद्युत प्राधिकरणको प्रणालीमा आवद्ध गर्नुपर्ने विज्ञहरूले बताएका छन् ।

सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) ले बुधबार राजधानीमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । प्रसारण तथा वितरण प्रणालीलाई भरपर्दो, गुणस्तरीय र नियमित विद्युत आपूर्ति हुने तहमा पुर्याउन मिश्रित ऊर्जा विकासको अवधारणामा जानुपर्ने र यसअन्तर्गत सोलार रुफटप अहिलेको सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको विज्ञहरूले औंल्याएका छन् ।

सरकारको ‘हरेक घर, ऊर्जा घर’ भन्ने नारालाई सार्थक तुल्याउन तथा ऊर्जा सम्बन्धी राष्ट्रिय नीतिहरूमा समेत प्राथमिकताका साथ सोलार रुफटपलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताइएको छ । प्रत्येक घरको छानामा सोलार प्यानल जडान गरी घरमा प्रयोग गरेर बढी भएको भएको विद्युत प्राधिकरणको स्मार्ट मिटरमार्फत बिक्री गर्न सकिने भन्दै सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

सोलार रुफटप नेट मिटरिङ भनिने यस विधिलाई व्यावहारिक रूपमा सफल र सुलभ तुल्याउन यस अघि मन्त्रालय, प्राधिकरण र निजी क्षेत्रसमेतको संलग्नतामा प्राविधिक मार्गदर्शन तथा कार्यविधिहरू पनि तयार भइसकेको छ । तर, केही नीतिगत र व्यावहारिक पक्ष सुधार गरेर आफ्नो घरको छानामा सोलार प्यानल र आवश्यक अन्य उपकरण जडान गरी विद्युत उत्पादन गरेर प्राधिरणलाई बिक्री गर्न उपभोक्ताहरूलाई प्रोत्साहित गर्न सरकार र सम्बन्धित निकायहरूको ध्यानाकर्षण गर्नुपर्ने प्रा. जगन्नाथ श्रेष्ठले बताए ।

नेपालमा सोलारको विकास र विद्यमान अवस्थामा र भविष्यमा त्यस प्रविधिको उपयोगबाट फाइदा लिन सकिने बारे पनि श्रेष्ठले प्रकाश पारेका थिए । सोलार रुफटप कार्यक्रम अघि बढाउन सरकारको कार्यक्रममा प्राथमिकता कासाथ समावेश गराउन पहल गर्ने, समस्या पहिचान गरी समाधानका उपायहरू सिफारिस गर्ने, सरोकारवालासँग छलफल र गोष्ठी आयोजना गर्ने अन्तरक्रियाले निर्णय गरेको छ । 

यसैगरी। सिन, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल सौर्य विद्युत उत्पादक संघ (सिमेन) र अन्य संस्थाहरूका साथ सहकार्य गरेर सोलार रुफटप नेट मिटरिङ प्रवर्द्धनका लागि पाइलट प्रोग्राम सञ्चालनका लागि पहल गर्ने निर्णय भएको छ ।

अहिले एक सय मेगावाटको १ आयोजना वा १० मेगावाटका १० आयोजना वा त्यस्तै कुनै समीकरणबाट १०० मेगावाट विद्युत उत्पादन गर्नु र एक लाख घरका छानामा एक किलोवाटका सोलार प्यानल राखेर विद्युत उत्पादन गर्नु प्राविधिक रूपमा एकै हो ।

काठमाडौं उपत्यकाका ६ लाख घरमध्ये एक लाख घरका छानाबाट कम्तिमा १०० मेगावाट विद्युत उत्पादन गर्न सकिने र सोका लागि तयार गरिएका प्रावधानहरू परिमार्जित गरी सहज तुल्याउन रकम ब्याज दरमा ऋणसमेत उपलब्ध गराउन सके सोलार रुफटप नेट मिटरिङ विधिबाट ऊर्जा क्षेत्रले प्रशस्त लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

अधिकतम लाभ लिनका लागि ४–५ लाख घरका छानाहरू उपयोगमा ल्याउन पनि सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा प्रविधिको गुणस्तर राम्रो हुँदै आएको र लागत कम हुँदै आएको वर्तमान परिप्रेक्ष्यमा सामान्य उपभोक्ताहरूले आफैं विद्युत उत्पादन राष्ट्रिय प्रसारणमार्फत गरी बिक्री गर्ने र आफूलाई आवश्यक विद्युत प्राप्त गरी राष्ट्र र व्यक्तिलाई समेत फाइदा पुग्ने भएकोले सोलार रुफटप नेट मिटिरिङ विधि नेपालका लागि उपयुक्त रहेकोमा जोड दिइएको छ ।

अहिले विभिन्न जलविद्युत आयोजनाहरूको उत्पादन क्षमता २१६० मेगावाट रहेको छ । जडित क्षमता अनुसार विद्युत उत्पादन हुने भए पनि सुख्खा मौसममा नदीमा पानी निकै कम हुने हुँदा करिब ३० प्रतिशतमात्र विद्युत उत्पादन हुने गरेको छ । अतः अन्य स्रोतको पनि व्यवस्था गर्न सोलार वा अन्य प्रविधिलाई पनि राष्ट्रिय प्रसणरणमा जोडन सकिने गरी प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit