विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । शशिला मोटर्स प्रालिले चिनियाँ भ्यान्चे ब्रान्डको २२ सिटे विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४०० एनएमको टर्क र १४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ । १२३ किलोवाटको सीएटीएल लिथियम आइरन फोस्फेट ब्याट्री जडान भएको हुने यो बस पूर्ण रुपमा वातानुकुलित (एयर कन्डिसन) र सबैखाले सुरक्षाका विशेषता उपलब्ध रहेको शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताए । 

उनका अनुसार २५ फिट लम्बाई रहेको यो बसका सिटहरू फराकिला रहेको र खाली ठाउँ पर्याप्त हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्नका लागि यात्रुमैत्री छ । १२३ किलोवाटको ब्याट्री क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको हो ।  उनले बस आइपुग्नुअघि नै आवश्यक पार्टपबूर्जा, सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस सञ्चालकलाई बिना झन्झट सेवा दिइने छ ।  

आउँदो दशैँलगायत चाडपर्वलाई लक्षित गरी ल्याउन लागिएको उक्त बसको बुकिङ्ग भने अहिलेदेखि नै खुला गरिएको छ । बसको मूल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि मूल्य केही बढ्ने कम्पनीले जनाएको छ । 

विगत १० वर्षदेखि व्यवसायिक गाडीहरू बिक्री वितरण कम्पनी पछिल्लो समय नेपालका लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता समेत रहँदै आएको छ । कम्पनी अब नेपालको लागि भ्यान्चे ब्राण्डका सबै बस तथा भ्यानहरूको पनि आधिकारिक बिक्रेता बनेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३