विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा मंगलबारदेखि शुरू भएको ‘१६औँ टाटा ईभी नाडा अटो शो २०२४’ मा पन्च ईभीको बिक्री–वितरण आरम्भ गरिएको हो । टाटा पन्च ईभीको शुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको छ ।  

कम्पनीका अनुसार बहुप्रतिक्षित पन्च ईभी उत्कृष्ट एक्ट ईभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च ईभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमि ग्राउन्ड क्लियरेन्सको साथ पन्च ईभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भूभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेन्ज प्रदान गर्नेछ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ । 

‘नेपाली बजारमा टियागो ईभी र नेक्सन ईभीको  सफलतापछि पन्च ईभी सार्वजनिक गर्न पाउँदा हामीले अत्यन्त खुसी छाैँ,’ टाटा मोटर्स प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ स्ट्राटिजी अफिसर बालाजी राजनले भने, ‘भारतमा अत्यन्तै लोकप्रिय टाटा पन्च मासिक रूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । र हामी पन्च ईभीले धेरैभन्दा धेरै नेपाली ग्राहकहरूको पनि मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छाैँ ।’ 

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘टाटा मोटर्ससँगको व्यापारिक  साझेदारीमा पन्च ईभी नेपालमा सार्वजनिक गर्न पाउँदा हामी हर्षित अनि उत्साहित छौँ । लामो समय देखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी  भूमिका निर्वाह गरेको सिप्रदीले पन्च ईभी सँगै नेपाली बजारमा फेरि यही स्थान कायम गर्नेमा हामी विश्वस्त छौँ । अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयूभी– पन्च ईभीले हाम्रो ग्राहकहरूलाई वातावारणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति पाउनु हुनेछ ।’  

नेपालभर टाटा ईभी गाडीका लागि २६ डिसी  फास्ट चार्जिङ्ग स्टेशन, १५० भन्दा बढी एसी फास्ट चार्जिङ्ग, १५० भन्दा बढी एसी स्लो चार्जिङ्ग नेटवर्क छ । यसैगरी १६ ईभी डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३