विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी कम्पनीले लिमिटेडले निर्माण गरिरहेको ९.६ मेगावाटको दरम खोला जलविद्युत आयोजनाको काम ८८ प्रतिशत पूरा भएको छ । कम्पनीले बागलुङको गलकोट नगरपालिकामा निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको पेनस्टक पाइप, विद्युतगृह लगायत सबै क्षेत्रको काम एकसाथ अघि बढिरहेको कम्पनीका सञ्चालक हरिप्रसाद सापकोटाले बताए । उनका अनुसार बाँध क्षेत्रको काम भने सकिसकेको छ ।

‘आयोजनाको ४३४५ मिटर लामो पनेस्टक पाइप लाइनमध्ये ३५४५ मिटर पाइप बिछ्याउने काम सकिएको छ, बाँकी ८ मिटर पाइपलाइनको काम पुरा पनि द्रुत गतिमा भइरहेकाे छ’, उनले ऊर्जा खबरसँग भने, ‘विद्युतगृहकाे पनि सिभिल संरचनाकाे काम पूरा गरी इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ ।’

आयोजनाको सबै काम पूरा गरी ३ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेकाे पनि सापकाेटाले बताए । ‘अहिले वर्षायामका कारण साेचेअनुरुपमा काम भइरहेकाे छैन, बर्खायाम सकिन लागेकाेले अबकाे दिनमा निर्माण तिव्र गतिमा अघि बढ्नेछ’ उनले थपे । अहिले आयोजनास्थलमा २०० कामदारहरू खटाइएकाे छ । 

आयोजनाको सबै काम पूरा गरेर २०८० असारभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य भएपनि मौसम अनुकुल, कोभिड–१९ लगायत अन्य विभिन्न कारणले गर्दा उत्पादन तालिका सर्न गएको पनि उनले बताए । नयाँ तालिका अनुसार आयोजनाको सबै काम पुरा गरी आगामी मंसिरभित्र विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

नेपाल विद्युत प्राधिकरणसँग ७.३ मेगावाटको विद्युत खरिद सम्झौता (पिपिए) गरे पनि पछि क्षमता विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीले विद्युत विकास विभागबाट २०७३ माघ २३ गते उत्पादन अनुमतिपत्र लिए संरचना निर्माण गर्न सुरु गरेको थियो ।

आयोजनाबाट उत्पादन भएको विद्युत विद्युत प्राधिकरणका हरिचौर सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब १५ कराेड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी छ । आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) अगुवाईमा एनआइसी एसिया बैंकले पनि ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit