विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पालुन खोला हाइड्रो पावर कम्पनीले १९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याइएको साधारण सेयर निष्कासन  गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गरी कम्पनी र प्रभु क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरे ।

कम्पनीको ताप्लेजुङ जिल्लाको मिखवा गाउँपालिकामा २१ मेगावाटको पालु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । नदीको बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन वहाव ८.६९ घनमिटर प्रति सेकेण्ड हुने र कुल हेड ३०० मिटर हुनेछ । आयोजनाबाट वार्षिक सरदर १२६.५८ गिगावट घण्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनको मुख्य संरचनाहरू पालुन खोलाको दायाँ किनारामा पर्दछन् । खोलामा बाँध बाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानीलाई फकाई सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुदै विद्युत गृहमा पुर्याइनेछ ।

उत्पादित ऊर्जालाई विद्युत गृहको स्वीचयार्डमा जोडिनेछ र १३ एमभिएको पावर ट्रान्सफरबाट ९ किलोमिटर लम्बाई भएको मध्य मेवाखोला जलविद्युत आयोजनाको विद्युत गृहमा जोडिनेछ ।

१२ किलोमिटर लम्बाइमा रहेको नेपाल विद्युत प्राधिकरणको ढुङगेसाँघु सबस्टेसनमा जोडी जम्मा २१ किलोमिटर लम्बाई भएको १३२ केभीको प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । यो आयोजनाबाट २०८० असोज २१ गतेबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit