काठमाडौं । सिक्लेस हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर आवेद दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधरणका लागि भदौ २९ गतेदेखि खुल्ला गरेको सेयर आवेद अवधि आज (आइतबार) साँझ ५ बजेबाट सकिन लागको हो ।
सय रुपैयाँ अंकित ११ करोड ५० लाख रुपैयाँ बराबरबरको ११ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ प्रतिशत अर्थात ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषका लागि र ३ प्रतिशत हुन आउने अर्थात ३४ हजार ५ सय कित्ता सेयर कम्पनीको कर्मचारीका लागि छुट्याएको छ । बाँकी, १० हजार ५८ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
सर्वसाधरणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न बिओके क्यापिटललाई बिक्री प्रबन्ध तोकिएको छ ।
कम्पनीले पहिलो चरणमा स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कास्कीमा निर्माण सम्पन्न भएको १३ मेगावाटकाे मदुक्यु जलविद्युत आयोजनाले विगत २०७४ चैत १९ गतेदेपख नियमित विद्युत उत्पादन गरिरहेको छ ।