विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । लामाे तयारी र कसरतपछि स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले निर्माण गर्ने १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजना निर्माणमा जाने भएको छ । यही जेठ १० गते आयोजना शिल्यान्यास गर्ने कम्पनीले तयारी गरेकाे छ ।

नदी प्रवाही (आरओआर) प्रकर्तिकाे यो आयोजना ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा निर्माण हुनेछ । कुल २४ अर्ब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वर्षायाममा ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ युनिट र सुख्खायाममा ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएकाे छ ।

वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ खरिद दर रहेकाे आयोजनाबाट उत्पादन हुने विद्युत्‌ खरिदको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि हुने उल्खेल छ। आयोजनाबाट वार्षिक औसत ७११.४३ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । कम्पनीका अनुसार वर्षायामको अवधि वैशाखदेखि मंसिरसम्म र हिउँद् अर्थात् सुख्खायामको अवधि पुसदेखि चैत महिनासम्म गणना गरिएकाे छ। आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्ने सम्झाैता छ ।

मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिब ९ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत ल्याइएकाे पानी विद्युत्‌गृहमा खसाली विद्युत् उत्पादन हुनेछ । आयोजनामा ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट र २५ प्रतिशत प्रवर्द्धकबाट सेयर पुँजी लगानी हुने कम्पनीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३