काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि आवेदन खुलेको छ । कम्पनीको लागि आवश्यक सिइओको पदपूर्ति खुल्ला प्रतियोगिताद्वारा गर्न आवेदन माग गरेकाे हाे ।
यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नाकोत्तर गरेको र जलविद्युत क्षेत्रमा कम्तीमा पनि ४ वर्ष कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्नेछ ।
आवेदन दिनका लागि ४० वर्ष पुरा भई ६१ वर्ष ननाघेको हुनुपर्ने गरि उमेर हद तोकिएको छ । इच्छुक नेपाली नागरिकले १५ दिन भित्र कार्यालय समयमा दरखास्त दिन सक्नेछन् । इच्छुक योग्य व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, व्यवसायिक कार्य अनुभवको उम्मेदवार स्वयंबाट प्रमाणित प्रतिलिपिसहित पेश गर्नुपर्नेछ । सीइओका लागि आवेदन दिने व्यक्तिले व्यवसायिक रणनीति तथा कार्ययोजना समेत पेश गर्नुपर्नेछ ।
कम्पनीले ४८० मेगावाटको फुकोट कर्णाली, ४५० मेगावाटको किमाथांका अरुण, १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना अघि बढाएकाे छ ।