काठमाडौं । नेपाल हाइड्रो पावर एसोसियसनमा रोजगारीको अवसर खुलेको छ । एसाेसिएसनले प्रमुख कार्यकारी अधिकृत (सिइओ) काे रिक्त पदपूर्ति गर्न आवेदन माग गरेकाे हाे ।
एसाेसियसनका अनुसार यसका लागि हाइड्रो पावरको प्राविधिक क्षेत्रमा कम्तीमा पनि ५ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । साथै, प्राविधक विषमा स्नातक तह उर्तीण गरेको हुनुपर्नेछ ।
आवेदकसँग व्यवसायिक विकासको ज्ञान, कम्युनिकेसन एण्ड मार्केटिङ र हाइड्रो पावर क्षेत्रमा ज्ञान भएको हुनुपर्नेछ । इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नु पर्नेछ ।
आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये प्रमाणपत्र र सम्बन्धीत क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगारीको आवसर पाउनेछन् ।
थप जानकारीका लागि