विद्युत अपडेट

  • प्राधिकरण : ८५०३ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४७७४ मे.वा.घन्टा
  • आयात : ६६३७ मे.वा.घन्टा
  • निर्यात : ०० मे.वा.घन्टा
  • ट्रिपिङ : ५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३६२८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६२७ मे.वा.
२०८० जेठ १४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर ऊर्जा दक्षता

काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि माग गरिएकाे आवेदनमा लामाे समयदेखि ऊर्जा विकासमा संलग्न रहेका ५ जनाकाे आवेदन परेकाे छ । आवेदकमध्ये ४ जना प्रारम्भिक छनाेट (सर्ट  लिस्ट) मा परेका छन ।

कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्न गत फागुन १४ गते आवेदन खुल्ला गरेकाे थियाे । शैक्षिक योग्यता, अनुभव र उम्मेदवार हुन तोकिएका अन्य आवश्यक सर्तहरूको मूल्यांकनका आधारमा संजय सापकोटा, सूर्यप्रकाश पाण्डेय, नरेन्द्रसिंह भण्डारी र बखतबहादुर शाही प्रारम्भिक छनाेटमा परेकाे जनाइएकाे छ । रणनीतिक व्यावसायीक योजना पेश नगरेकोले अठोट कर्मचार्यको आवेदन भने रद्द भएको छ ।

style="text-align: justify;">आवेदकमध्ये भण्डारी करिब ३ दशकदेखि ऊर्जा विकासका विभिन्न क्षेत्रमा संलग्न रहँदै आएका छन ।  उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट अवकास प्राप्त सहसचिव समेत हुन् । विद्युत विकास विभागमा लामाे समयदेखि उच्च पदकाे जिम्मेवारी सम्हालेका भण्डारी नलसिंहगाड हाइड्रो पावर कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए ।

सापकोटा अहिले सोही कम्पनीले अघि बढाएको १०६ मेगावाटको जलदुल्ला जलविद्युत आयोजना प्रमुखका रुपमा कार्यरत छन । उनले यसअघि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालिसकेका छन । पाण्डेय विद्युत उत्पादन कम्पनी मातहतको १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit