विद्युत अपडेट

  • प्राधिकरण : ६२७९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३८०२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२२४ मे.वा.घन्टा
  • आयात : १२६५७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३४९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८४५२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७७ मे.वा.
२०८१ चैत १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सञ्चालक समिति बैठक बस्न नसक्दा कर्मचारीका माग सम्बोधनमा ढिलाइ भएको छ । सञ्चालक समितिको बैठक ३ महिनादेखि बस्न नसक्दा कर्मचारीका माग सम्बन्धमा प्रस्ताव पेश हुन नसकेको हो । विगतमा सेवा–सुविधामा कर्मचारीमाथि विभेद भएको भन्दै त्यसको समाधान गर्न सञ्चालक समितिमा प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहन गौतमले कर्मचारीको सेवा सुविधा पुनरावलोकन गर्न आफैँले सहमति गरेको भन्दै उनीहरूको माग जायज नै रहेको बताए । गत असोज ६ गते सहमति गरेको ६ दिनपछि बाढी पहिरोले विद्युत् उत्पादन केन्द्र बन्द हुन पुगेको र कम्पनीको ध्यान प्लान्ट सञ्चालनमा केन्द्रित हुँदा कर्मचारीका माग ओझेलमा परेको उनको भनाइ छ । बाढीबाट क्षतिग्रष्त दुई मध्ये एउटा डिस्यान्डर बेसिन मर्मत गरिएपछि गत पुस ९ गते देखि विद्युत् उत्पादन भने सुचारु भएको छ ।

‘वर्षायामअघि नै बढी क्षति भएको दायाँतर्फको डिस्यान्डर पुर्ननिर्माण, त्यसमाथिका ठूला ढुङ्गा व्यवस्थापन, कन्ट्रोल बिल्डिङ पुर्ननिर्माण जस्ता कार्यमै केन्द्रित छौँ,’ उनले भने, ‘वर्षाअघि पुर्ननिर्माण नसके समस्या उत्पन्न हुन्छ ।’ सञ्चालक समितिले निर्णय गरेपछि मात्र कर्मचारीका समान सेवा–सुविधा र बीमाको विषय सम्बोधन हुने उनले बताए । कम्पनी सञ्चालक समितिको अध्यक्ष प्राधिकरणका कार्यकारी निर्देशक हुने व्यवस्था छ । यस अनुसार हिजोसम्म कुलमान घिसिङ कम्पनीका अध्यक्ष थिए तर ऊर्जा मन्त्रालय र कुलमानबीचको विवादलगायत कारणले बैठक बस्न नसकेको हो ।

लामो समयसम्म पनि आफ्ना माग सम्बोधन नभएपछि कम्पनीमा कार्यरत दोलखाबासी करार कर्मचारीले सेवा–सुविधामा एकरुपता कायम गर्न माग गर्द पुनः आन्दोलन सुरु गरेका छन् । दोलखा जिल्लाभित्र र बाहिरका कर्मचारीको सेवासुविधा विभेदकारी भएको उनीहरुको भनाइ छ । आन्दोलित कर्मचारीले आइतबारदेखि विद्युत्‌गृह सञ्चालन बाहेकका काम रोकेका छन् । आन्दोलनकै कारण केन्द्रको गत असोज १२ को पहिरोले क्षतिग्रस्त दायाँतर्फको डिस्यान्डर पुर्ननिर्माण र रोल्वालिङ जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । 

कर्मचारीले यसअघि पनि आन्दोलन गर्दै आएका थिए । गत असोज ६ गते गोंगरमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी पक्ष र आन्दोलनरत कर्मचारीबीच भएको वार्तापछि आन्दोलन फिर्ता भएको थियो । सो वार्तामा दोलखा जिल्लाभित्र र जिल्ला बाहिरका कर्मचारीका सेवा सुविधा वीचको कम्पनी सञ्चालक समितिमा पेश गरेर २०८१ माघभित्र माग सम्बोधन गर्ने सहमति भएकोमा हालसम्म माग पूरा नभएको आन्दोललित  कर्मचारीका संयोजक रामबहादुर खड्काले बताए । 

कम्पनीमा कार्यरत झण्डै २२३ जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना रहेका छन् । आयोजनाले कार्यरत कर्मचारी मध्ये यसअघि आयोजना निर्माणाधीन अवधिमा सबै कर्मचारीलाई शतप्रतिशत अतिरिक्त सुविधा वितरण गर्दै आएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि संवैधानिक निकाय र अन्य सरोकारवाला निकायबाट संशोधन गर्न चौतर्फी दबाब बढेपछि आयोजनाले उक्त सुविधा घटाएर कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

आयोजनाको काम पूरा भएपछि २०७८ साल भदौपछि कम्पनी सञ्चालक समिति बैठकबाट आयोजनामा कार्यरत दोलखाली कर्मचारीलाई ५० प्रतिशत र अन्य जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत मात्रै सुविधा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयन थालेको थियोे । कम्पनीको काठमाडौँ कार्यालयमा कार्यरत सबै कर्मचारीलाई भने समान सेवा सुविधा रहेको छ ।

कर्मचारीसँग वार्ता गर्न कम्पनीले वार्ता समिति बनाएको छ । कर्मचारीको आन्दोलनका कारण गाडी चल्न समेत बन्द गरेपछि त्यसको असर आयोजनाको मर्मत, सडक पुर्ननिर्माण लगायतमा परेको छ । क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणका लागि आइतबर परामर्शदाताको टोली लामाबगर जानका लागि तयार भए पनि रोकिएका छन् ।

अपर तामाकोसी हाइड्रपावर कम्पनीले दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहको छ । त्यसैगरी, २० मेगावाटको रोल्वालिङ जलविद्युत् आयोजनाको समेत निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३