विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस ७, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले रामेछापमा निर्माण सम्पन्न जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत चैत ८ गतेदेखि निष्कासन गरेको सेयर आवेदन अवधि आज साझा ५ बजेबाट सकिने लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँमा अंकित ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीका अनुसार निष्कासित सेयरमध्ये ९३ हजार ७ सय ५० कित्ता अर्थात ५ प्रतिशत सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको  छ ।

यस्तै, १ लाख ५६ हजार २ सय ५० कित्ता अर्थात ५ प्रतिशत सेयर सामुहिक लगानी कोषका  लागि सुरक्षित गरिएको छ । बाँकी, २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । 

कम्पनीले यसअघि पनि स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ ।  कम्पनीले रामेछापको लिखु नदीमा निर्माण गरेको लिखु–४ आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ । आयोजनाले अहिले व्यापारिक विद्युत उत्पादन गरिरहेको छ । यो आयोजना ९ अर्ब ५४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३