काठमाडौं । अरुण काबेली पावर लिमिटेड र नेशनल हाइड्रो पावर कम्पनीले साढे २ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । कम्पनीले आफ्ना सेयरधनी सदस्यलाइ हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।
सय रुपैयाँ अंकित २ अर्ब ६७ करोड ७३ लाख ५६ हजार ४ सय रुपैयाँ बराबरको २ करोड ६७ लाख ७३ हजार ५ सय ६४ कित्ता हकप्रद सेयर निष्कासन अनुमतिका लागि आवेदन परेकाे नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
पाँचथर र ताप्लेजुङ जिल्ला सञ्चालित २४ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजानाकाे प्रवर्द्धक अरूण काबेलीले आफ्नो सेयरधनी सदस्यका लागि १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ ।
यस्तै, नेशनल हाइड्रोले पनि ८२ लाख २१ हजार ४ सय ५९ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सिन्धुपाल्चोकमा ७.५ मेगावाको इन्द्रवती–३ जलविद्युत आयोजना सञ्चालनमा छ ।