विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आफ्नो ५ महिने कार्यकालमा ऊर्जा क्षेत्रमा देखिने गरी धेरै काम गरेको बताएकी छन् । कार्यभार सम्हालेको ५ महिना १ साता पुगेको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले यो अवधिमा २० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत उपलब्ध गराउनेदेखि भारतीय बजारमा ३९ मेगावाट विद्युत निर्यात गर्न पाएको अनुमति मुख्य उपलब्धि भएको बताइन् ।

उनले विद्युतलाई नागरिकको आधारभूत आवश्यकतामा राखेर मासिक २० युनिट विद्युत खपत गर्ने २६ लाख ग्राहकले लाभ पाउने महसुलमा छुट दिएको बताइन् । ‘कम विद्युत खपत गर्ने ग्राहकलाई विद्युत महसुलमा छुट दिने निर्णय गरेर विद्युत नियमन आयोगले पनि महसुल समायोजन गरिसकेको छ,’ उनले भनिन्, ‘ग्राहकले मंसिर १ गतेबाट नै यो सुविधा पाउन सुरु गरिसकेका छन् ।’

उनले विद्युत खपत बढाउन तथा कृषिजन्य उत्पादन बढाउन सिँचाइका ग्राहकलाई पनि विद्युत महसुलमा अधिकतम छुट दिइएको बताइन् । सिँचाइका ग्राहकलाई अहिलेको विद्युत महसुलमा ४० प्रतिशत हाराहारीमा छुट दिइएकोमा भविश्यमा यसलाई निशुल्क बनाउने तयारी भइरहेको पनि उनले बताइन् । 

उनले बिहीबारको मन्त्रीपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको मुख्य सेयर स्वामित्व रहने गरी विद्युत व्यापार खडा गर्ने अनुमति दिएको बताइन् । उनका अनुसार यो कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट तथा डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को पनि सेयर स्वामित्व रहनेछ ।

उनले निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन कार्यविधि बनिरहेको बताइन् । विद्युतको आन्तरिक तथा बाह्य बजार सुनिश्चित भएपछि अहिलेलाई रोकिएको विद्युत खरिद सम्झौता (पिपिए) खुलाइने उनको भनाई छ ।

विद्युत उत्पादन बढ्दै गएपछि पहिलो पटक हिउँद र बर्खाका लागि छुट्टै विद्युत महसुल निर्माण गरिएको बताइन् । विद्युत उत्पादन बढी भएर खेर जाने अवस्था आएपछि प्राधिकरणले ग्राहकलाई मागे जति विद्युत उपलब्ध गराउन थालेको उनले बताइन् ।

‘१ सय एमभिएसम्म मागेजति विद्युत सबै ग्राहकलाई उपलब्ध गराउँछौं । सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी र सिँचाइका लागि २ सय एमभिएसम्मको लोड विद्युत प्राधिकरणको ट्रान्सफर्मरबाटै उपलब्ध गराउँछौं’ उनले भनिन् । उनले राजधानी लगायत देशभरका सहरी क्षेत्रमा भाडामा, अर्पाटमेन्ट तथा कोलोनीमा बस्नेका लागि लाभ पुग्ने गरी  अलग्गै मिटर दिएर प्राधिकरणको ग्राहक बनाइने बताइन् ।         

विद्युतीय सवारीको प्रवद्र्धन गर्न विद्युत प्राधिकरणले देशभरमा ५० वटा चार्जिङ स्टेसन निर्माण गरिरहेकोमा अब निजी क्षेत्रलाई पनि निर्माण गर्न दिने गरी विनियमावली बनाएको र अहिले विद्युतीय सवारी आयात पनि बढेको भुसाल बताइन् । वार्षिक ४० रुपैयाँ बढीको ग्यास आयात भइरहेकोमा त्यसलाई प्रतिस्थापन गर्न विद्युतीय चुलोको प्रवर्द्धन मन्त्रालयले गरिरहेको र त्यसको प्रभाव देखिन सुरु गरेको उनले बताइन् ।

उनले बढी विद्युत खपत गर्ने नयाँ उद्योग आएमा त्यसलाई मन्त्रालयले प्रवद्र्धन गर्ने बताइन् ।अहिले बर्खामा आन्तरिक उत्पादन खेर जाने अवस्था आए पनि नदी प्रवाही जलविद्युतगृहको उत्पादन हिउँदमा ३० प्रतिशतमा सिमित हुने उच्च माग भएका बेला विद्युत आयात भइरहेकाले यो समस्या समाधान गर्न हरेक प्रदेशमा एएटा जलाशय जलविद्युत आयोजना सरकारको लगानीमा निर्माण गर्ने योजना बनाएको बताइन् ।

उनले निर्माणाधीन अवस्थाका प्रसारण लाइनमा देखिएका समस्या समाधान गरेर चाँडो सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको बताइन् । ‘अधिकांश प्रसारण लाइन आयोजनामा देखिएको समस्या समाधान भएर काम भइरहेको छ । मस्र्याङ्दी कोरिडोरमा देखिएको समस्या समाधान हुन बाँकी छ । अदालतमा मुद्दा परेका कारण रोकिएको २२० केभी भरतपुर–बर्दघाटको प्रसारण लाइनको अवरोध पनि यही महिना खुल्छ’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit