विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँट भएको छ । नागरिक लगानी कोषको निष्कासन बिक्री प्रबन्धक तथा सनराइज क्यापिटल लिमिटेडको सह–बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको कम्पनीको सेयर बाँडफाँट गरिएको हो ।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सह बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार संस्थापक समुहको लागि ५ करोड ४० लाख ९ हजार कित्ता सेयर निष्कासन गरिएकोमा संस्थापक समूहबाट पूर्ण सेयरको लागि आवेदन परेको थियो ।

सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्कासन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा सर्वसाधारण समूहतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर कम्पनीले लिलाम गर्ने छ । संस्थापक समूहतर्फ भने पुरै सेयर हकप्रदमा बिक्री भएकोले लिलामीमा आउने छैन ।

संस्थापक सेयरधनीबाट हकप्रद वापत प्राप्त सम्पूर्ण रकमबाट कम्पनीले केहि अंश ऋण तिरिसकेको छ । हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाव्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला र ९९ मेगावाटकाे तामाकाेसी-५ जलविद्युत् आयोजनाको निर्माणमा खर्च गरिने बताए ।

हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी २० मेगावाटको रोल्वालिङ, ९९ मेगावाटको माथिल्लो तामाकोसी–५ र अन्य आयोजनामा लगानी गरिने कम्पनीले जनाएको  छ ।

कम्पनीको दोलखामा ४५६ मेगावाटमो माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ । बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँमा टुंगो लागेको कम्पनीले जानकारी दिएको छ । यसको आधारमा माथिल्लो तामाकोसी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको छ । कम्पनीका अनुसार कूल लागतमध्ये ५२ अर्ब रुपैयाँ खूद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धि लगायत खर्च निस्केको छ ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit