विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना अघि बढाएको छ । कम्पनीकाे कार्यक्षेत्र एवम् लगानी विस्तार गरी, पारदर्शीता कायम गर्दै सर्वसाधारणप्रति थप उत्तरदायी बनाउने उद्देश्यअनुसार याेजना अगाडि बढाइएकाे हाे ।

चिलिमे हाइड्रो पावर कम्पनीको सहायक कम्पनीकाे रूपमा २०७३ साल असोजमा स्थापना भएको चेस्कोले करिब ६ वर्षदेखि परामर्श सेवा दिँदै आएको छ । पुँजी अभिवृद्धि एवम् जनउत्तरदायि बनाउनका लागि सेयर जारी गर्ने योजना अघि बढाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले बताए । ‘सेयर निष्कासनले हामीलाई अझ थप जिम्मेवारी बोध गराउँछ’, उनले भने, ‘पुँजीसँगै पारदर्शी हुने र ब्रान्डिङ अझ बलियो हुन्छ  ।’

सेयर निष्कासन सम्बन्धी प्रस्ताव सञ्चालक समितिबाट पारित भइसकेकाे हुँदा थप प्रक्रिया अगाडि बढाइएकाे उनकाे भनाइ छ । चेस्को मुख्यतः इन्जिनियरिङसँग सम्बन्धित आयोजनाको पहिचानदेखि लिएर, सुपर भिजन, सञ्चालन र मर्मतसम्म वा आयोजनाको लागि आवश्यक सम्पूर्ण सेवाहरू प्रदान गर्दै आएकाे छ । अहिले हाइड्रो पावरसँग सम्बन्धित सम्पूर्ण, हाइड्रोलोजी, जियोलोजी, प्राविधिक अध्ययन, आयोजनाको पहिचान, वातावरणीय अध्ययन लगायतका कामहरू गर्दै आएको छ ।

चेस्कोले हालसम्म १५ वटा बढी परियाेजनाहरूमा परामर्शदाताकाे रूपमा काम गर्दै आएकाे छ । ती मध्ये कतिपयकाे काम पूरा भइसकेकाे छ भने कुनै निर्माणाधीन अवस्थामा छन् । ६-७ वटा आयोजनामा काम गर्नका लागि वार्ता (नेगोसेसन) को क्रममा रहेको थापाले बताए ।

६-७ जना इन्जिनियरबाट सेवा सुरु गरेकाे चेस्काेमा आज ७० भन्दा बढी इन्जिनियरहरू कार्यरत रहेका छन्, कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतमा थापाकाे नियुक्तिपछि संस्थाले सेवाकाे दायरा फराकिलाे बनाउँदै जनशक्ति विकासमा समेत महत्त्वपूर्ण काम गरेकाे छ । उनकै पहलमा कम्पनीले साधारण सेयर निष्कासनकाे प्रस्ताव पारित गरेकाे हुँदा आगामी दिनमा यसले बहुआयामिक वा बहुउद्देश्यीय आयाेजनामा समेत सेवा प्रवाह गर्न सक्ने विश्वास बढेकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३