विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज २८, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँँ । आँखुखोला जलविद्युत् कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बार्डले अनुमति दिएको छ । कम्पनीको सेयर निष्कासन र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । 

कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिइएको छ । बोर्डले कम्पनीलाई असार १९ गते हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । 

कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत् आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको बताएको छ । 

कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेकोमा यसअघि विद्युत् नियमन आयोगबाट १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिइएको थियो । 

कम्पनीको हाल चुक्तापूँजी ८० करोड रूपैयाँ छ । 


 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३