काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आर.बि हाइड्रो पावर लिमिटेडले लाभांश पारित गर्न साधरण सभा आह्वान गरेको छ । सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्याहरुलाई लाभांश पारित गर्न आगामी (मंसिर) २८ गतेको लागि साधारण सभा बोलाएको हो ।
कम्पनीका अनुसार सभामा आर्थिक वर्ष २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
साथै, आर्थि वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गर्नेछ ।
कम्पनीले आयोजना गरेको साधारण सभा मंसिर २८ गते (बुधबार) आभ्या क्लब घारीपाटन पोखरा र कास्कीमा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाइएको छ ।