विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । नेपालको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् केन्द्र (४५६ मेगावाट) मंसिर पहिलो साताबाट पुनः सञ्चालनमा आउने भएको छ । असोज १२ गतेको पहिरोले क्षतिग्रस्त संरचना मर्मतको काम अन्तिम चरणमा पुगेकोले १० दिनपछि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

जलविद्युत् केन्द्रका संरचनामा अनुमानभन्दा बढी क्षति भएको र काब्रे भीरमा सडक समेत क्षति भएपछि पुनः सञ्चालनमा ल्याउन समय लागेको केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले ऊर्जा खबरलाई बताए ।

उनका अनुसार बालुवा थिग्र्याउने पोखरी, बक्स कल्भर्टलगायत संरचनामा बढी क्षति पुगेको छ । अहिले क्षति भएको संरक्षणको सफा गर्ने काम सकिएकाले अब कम क्षति भएको बायाँतर्फको पोखरी र कल्भर्टमा कंक्रिटिङको काम शुरू हुन्छ । यो कंक्रिटको काम पूरा भएपछि विद्युत् उत्पादन सुचारु गर्ने लक्ष्य रहेको उनले बताए ।

बालुवा थिग्र्याउने पोखरीमा १९८७ मिटर उचाइसम्म सतह पुग्ने गरी पानी जमाउन सकिन्छ तर माथिबाट ठूलो ढुङ्गा आएर पोखरीमा खस्दा १९८३ मिटरसम्म क्षति भएको प्रारम्भिक अनुमान थियो । पोखरी सफा गरेर हेर्दा १९७६ मिटरसम्म क्षति भएको पाइएकाले सफा गर्न नै समय लागेको हो ।

माथिल्लो तामाकोसीको २ वटा पोखरी मध्ये दायाँतर्फको ४० प्रतिशत क्षति भएको छ भने बायाँतर्फको २० प्रतिशत क्षति भएको छ । अहिले तत्कालका लागि कम क्षति भएकोलाई ममर्त गरी विद्युत् उत्पादन सुचारु हुन्छ । आपत्कालीन अवस्थामा रोल्वालिङ खोला जलविद्युत् आयोजनाकै निर्माण कम्पनी हाइ हिमालमार्फत सफाइ र मर्मतको काम जारी छ ।

बढी क्षति भएका संरचना र सुरक्षा कक्ष भवनका लागि भने सार्वजनिक खरिद ऐनकै प्रक्रिया अन्र्तगत नयाँ ठेक्का लगाउने केन्द्रको तयारी छ । नयाँ ठेक्का लगाउँदा पनि वर्षात्अघि काम पूरा गर्ने गरी तयारी भएको उनले बताए ।

बायाँ पोखरी ममर्तपछि नदी प्रवाही (आरओआर) प्रणालीबाट खोलामा पानी उपलब्ध भएसम्म बिजुली उत्पादन गर्ने तयारी छ ।

२ वटै पोखरी सञ्चालनमा आए बाँधमा पानी जम्मा गरेर आवश्यक समय साँझ र बिहान ४५६ मेगावाट नै उत्पादन गर्न सकिन्थ्यो । तर, एउटा मात्रै पोखरी चल्ने हुँदा अधिकतम २०० मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिने अनुमान रहेको प्रबन्धक रञ्जितले बताए । नदीमा आएको पानी सिधै पोखरीमा हाल्दा अहिले १७० मेगावाट र अति सुख्खा समयमा ९० मेगावाटसम्म मात्रै उत्पादन हुने अुनमान छ ।

पहिरोले माथिबाट १० मिटर अग्लो ढुंगो झारेको थियो । ढुङ्गा र लेदो सबै सफा भइसकेको छ । पहिरो र बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण अनुसार १ अर्ब ८० करोड रुपैयाँको बीमा दाबी गरिएको अपर तामाकोसी हाइड्रोपावर कम्पनीका सीइओ मोहन गौतमले बताए । माथिल्लो तामाकोसीको बीमा राष्ट्रिय बीमा कम्पनीमा गरिएको छ ।

कम्पनीले पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नं. टावरको समेत मर्मत शुरु गरेको छ । बाढी पहिरोले क्षतिग्रस्त संरचनाको प्राविधिक अध्ययन र सुपरिवेक्षणका लागि एनईए इञ्जिनियरिङ कम्पनीलाई जिम्मा दिएको छ । उसैको सिफारिसका आधारमा कम्पनीले पुर्ननिर्माणको काम गर्ने छ ।

मर्मत नसकिँदा लामाबगरमै दशै‌ं–तिहार

देशकै सबैभन्दा ठूलो जलविद्युत केन्द्र बाढी पहिरोले क्षति भएपछि मर्मतमा ध्यान दिनुपर्दा माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रका अधिकारीहरुको दशैं–तिहार–छठ क्षतिग्रस्त संरचनामै बितेको छ । मर्मतसंभार गरी चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्ने काम भएकाले आफू दसैं तिहारमा समेत घर नगई काम गरेको केन्द्र प्रमुख रञ्जितले बताए ।

सबैभन्दा ठूलो जलविद्युत् केन्द्र बन्द हुँदा असोज १२ पछि भारत विद्युत् निर्यात पनि प्रभावित भएको छ । हिउँद लाग्दै जाँदा विद्युत् अभावले लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सरकारले यसको मर्मतमा उच्च प्राथमिकतामा राखेको छ ।

‘नियमित काम नगरे यसको विद्युत् उत्पादन प्रभावित हुन्छ,’ उनले भने ‘दशैं र तिहार जस्ता नेपालीका ठूला पर्वमा पनि हामी बसेर कम्पनी र ठेकेदारका कर्मचारी मजदुरले नियमित काम गरेका हौँ ।’ क्षतिग्रस्त संरचना मर्मतका लागि पहिरोले ३ साता सडक अवरुद्ध हुँदा समेत पाइप मार्फत तेल गाडीमा वारपार गराएर समेत काम गराएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३