सन् १९२० मा नेपाल सरकार र ब्रिटिस (भारत) सरकारबीच महाकाली नदीमा शारदा ब्यारेज निर्माण गरेर पानी बाँडफाँट गर्न शारदा ब्यारेज सम्झौता भएको थियो । शारदा ब्यारेजको निर्माण सन् १९२८ मा सम्पन्न भएको हो । सम्झौता बमोजिम नेपालले ४६० क्यूसेक्स (१३ हजार लिटर प्रति सेकेण्ड) पानी पाउने र भविष्यमा नेपाललाई १०००...
काठमाडौं । नेपाल–भारत ९औं जलस्रोत सचिवस्तरीय संयुक्त बैठक (जेसिडब्लूआर) ले दुवै देशको सहमतिमा महाकाली नदीमा निर्मित टनकपुर ब्यारेज सञ्चालन मोडालिटी तयार गर्ने निर्णय गरेको छ । बिहीबार (असोज ७ गते) सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक समापनपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार...