विद्युत अपडेट

  • प्राधिकरण : ६४७५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३५५ मे.वा.घन्टा
  • निजी क्षेत्र : १३०९० मे.वा.घन्टा
  • आयात : ११५६८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १४३० मे.वा.घन्टा
  • ऊर्जा माग : ३६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९६७ मे.वा.
२०८१ चैत १९, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पर्वत वितरण केन्द्रले लामो समयसम्म महसुल तिर्न अटेर गर्ने साढे ६ सय ग्राहकबाट करिब १ करोड रुपैयाँ बक्यौता असुल गरेकाे छ । केन्दले आर्थिक वर्ष २०७८/७९ मा महसुल नतिर्ने ग्राहकको लाइन काटेर बक्याैता उठाएकाे हाे ।

लामाे समयसम्म महसुल नतिर्ने ग्राहककाे लाइन काटेर १ कराेड ३ लाख रूपैयाँ महसुल असुल गरेकाे केन्द्र प्रमुख शिव नारायण गोसलीले बताए । उनका अनुसार महसुल नतिर्नेहरुको विद्युत सेवा कटौती गर्ने अभियान थालेपछि एक वर्षमा उक्त रकम असुल भएको हाे ।

मिटर रिडिङ गरेको ६० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाएका ग्राहकलाई सूचनामार्फत महसुल बुझाउन कार्यालयले सूचना जारी गर्दै आएको छ । तर पटक–पटक सूचना जारी गर्दा पनि महसुल बुझाउन अटेरी गरेपछि केन्द्रले ६० औँ दिनपछि जुनसुकै समयमा पनि विद्युत् लाइन काट्ने गरेकाे छ ।

‘केही महिनाअघि सुरु गरिएको यो अभियानअन्तर्गत फागुन मसान्तसम्म ३०५ जनाको लाइन काटेर ४८ लाख २६ हजार असुल गरिएको थियो, बाँकी चैतदेखि असारसम्म असुल गरेका हौ,’ गोसली भने, ‘ग्राहकहरूलाई समयमै महसुल बुझाएर छुट सुविधा दिए पनि महसुल नतिर्नेहरूको लाइन काटिएको हो ।’

विद्युत् महसुल संकलन विनियमावली २०७८ को विनियम ८ को उपविनियम २ मा मिटर रिडिङ गरेको ३१ औँ दिनदेखि ४० औँ दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने र ४० औँ दिनपछि महसुल बुझाएमा थप २५ प्रतिशत दस्तुर लाग्ने व्यवस्था छ । विनियमावलीको विनियम १० मा मिटर रिडिङ गरेको ६० औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्ने व्यवस्था अनुसार पर्वतमा पनि सोही नियममा टेकेर बाँकी रहेको महसुल असुल गरिएको गाेसेलीकाे भनाइ छ।

केन्द्रले सडक बत्ती बाहेकको विद्युत महसुल संकलनमा सतप्रतिशत प्रगति गरेको छ । विद्युत चुहावट रोक्नको लागि राखिएको ६ प्रतिशतको लक्ष्यमा साढे ४ प्रतिशत लक्ष्य पूरा भएको छ । नयाँ लाइन विस्तार, वितरण लाइनको सुदृढीकरण, नयाँ ट्रान्सफर्मर थप, मोदी गाउँपालिकाको पातिचौरमा नयाँ नो लाइट भवन निर्माण, विद्युत् चुहावट कारबाही, छुट युनिट असुललगायत काम भएको गोसलीले जानाकरी दिए ।

गत आर्थिक वर्षमा ६१६ नयाँ ग्राहक थपिएको, ५१ किलोमिटर ११ केभी ४००/२०० भोल्ट लाइन निर्माण गरिनुका साथै छ ओटा नयाँ ट्रान्सफर्मर थप भएका छन् । यस्तै, विद्युत चाेरी गरेका व्यक्तिाई कारबाही गरी उनीहरूबाट ३७ हजार रुपैयाँ लिइएको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३